• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

रेलको बाटो भाग २: ‘गाउँ गाउँबाट उठ’को आधुनिक भर्सन- उठीबास!

64x64
धनु विश्वकर्मा शनिबार, असार २५, २०७९  ०७:०६
1140x725

काठमाडौं- 'व्यवस्था त बदल्यौं, अवस्था बदल्ने कहिले ...?' ‘रेलको बाटो भाग २’ गीतको अन्तिममा गरिएको प्रश्न यही हो। ‘रेलको बाटो’ गीत शृंखला वर्तमान समयको जनवादी गीतजस्तो लाग्छ। कुनै समय व्यवस्था बदल्न गाउँ–गाउँबाट उठेकाहरुको अहिले उठीबास लाग्ने अवस्था बनेको छ। ‘गाउँ गाउँबाट उठ’को आधुनिक भर्सन ‘उठीबास’ हुन पुगेको छ। दृश्यमा दुर्गमका दुःखी जनताको जीवनमा कसरी उठीबास लाग्दैछ भन्ने देखाइएको छ। गीतमा त्यहाँको वेदना समेटिएको छ। गीतको स्थायी यस्तो छ-

जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन
ठूलो महल बनाइबस्ने त्यो नि मेरा रहर हैन

पहिलो शृंखलामा सुदूर र कर्णाली प्रदेशका पहाडी भूभागको बाध्यता पस्केका गीतकार  तथा गायक सुरज पण्डितले अर्को भागमा प्रश्न गरेका छन्। ‘सिंहदरबार’ शीर्षकको यो गीतमा उनी नेता र व्यवस्थामाथि गीतबाटै प्रश्न गर्छन्-

राजधानीले बिर्सिएछ मेरा गाउँको बाटो 
कि नेपाली होइन र म होइन एउटै माटो

गीतकार पण्डितले एक वर्षअघि ‘रेलको बाटो’ बोलको गीत बजारमा ल्याए। देशमा रेल, मोनोरेल र पानीजहाजको चर्चा भइरहेको परिस्थितिमा गाउँको हाल उनले देखाइदिएका थिए। सामान्य उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको चित्रण उनले गरेका थिए। 

हुम्लामा सुटिङ गरिएको भिडियोसहितको उक्त गीतमा भनिएको थियो-

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरमा, 
हुम्ला कहिले मोटर आउला बस्याको छु हेर्न रहरैमा...

हुम्ला भर्खरै मोटरबाटोसँग जोडिएको छ। गाउँबाट अझै बस्तिसम्म बाटो पुग्न लाग्ने समयको हिसाब राज्यसँग छैन। त्यस्तो अवस्थामा एउटा परिवारको कथाबाट उनले पूरै सुदूर र कर्णालीको व्यथा सुनाएका/देखाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एउटा सचेत नागरिकले गाउँको ‘परिवर्तन’का लागि राजनीति गर्न पनि सहज नभएको यो भागमा देखाइएको छ। गाउँमै सेवासहित राजनीति गर्नेले ‘टिकट’ पाउन मुस्किल छ। गाउँका ‘सिंहदरबार’मा पनि सिंहदरबारमा बस्नेहरुसँग पहुँच नभइ पुग्न सक्ने अवस्था छैन। 

railko bato1657255963.JPGनेपालको शासन व्यवस्थामा संघीयता आएको छ। तीन तहका सरकार छन्। तर, हुम्लाजस्तै दुर्गम जिल्लाका पालिकामा ‘पूर्व स्थानीय’ नेताहरुको प्रवेश भइरहेको छ। उनीहरु धेरै समय काठमाडौं वा अन्य सहरमा बस्छन्। त्यहीँ घर बनाएका छन्। परिवार राखेका छन्। स्थानीय समस्याका उनीहरु भुक्तभोगी हुन पाउँदैनन्। नभोग्नेले नबुझ्नु सामान्य कुरा भइहाल्यो। 

भिडियोमा हेलिकोप्टरमा नेता ‘ढुवानी’ भइरहेको दृश्य देखाइएको छ। क्रान्तिका झन्डा बोक्नेहरु र गाउँ भनेर कुर्नेहरु हेरेका हेर्‍यै भएका छन्। त्यही बीचमा एउटा संवाद छ– टाठाबाठाले मात्रै गन्र्यां हो राजनीति। 

मलाई सुख्खा रोटी छैन तिम्लाई अनेक व्यन्जन
गाउँ गाउँमा सिंहदरबार आयो अरे भन्छन्
गाउँमा बत्ति पुल छैन अभाव चामल नुनको
आश्वासनले मात्रै टार्‍यौ मैले लाको गुनको

Xtrem

Xtrem

प्रजातन्त्र  वा गणतन्त्रका लागि भनेर ज्यान दाउमा पार्नेहरु अहिले गाउँमा समस्यासँग अर्को ‘जनयुद्ध’ गरिरहेका छन्। बिरामी भएर उपचार गराउन लैजान न यातायात व्यवस्था छ, न उपचार गर्ने पैसा हुन्छ। त्यही कुरा गीतमा यसरी प्रस्तुत गर्छन् पण्डित-

ऋण मागौं त पत्याउँदैनन् के पर्‍यो विपत्ति
कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती

भिडियोमा श्रीमती रोगले छट्पटिएको दृश्य प्रस्तुत गरिएको छ। अहिले पनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव समाचार बन्न छाडिसके। नियमित कुरा कसरी समाचारका विषय बनुन्? बच्चा जन्माउन नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ। उपचार कति दूर  छ र दुसाध्य छ, सिंहदरबार नजिककै रहेको वीर अस्पतालमा दुर्गमका बिरामीको लाइन हेरे पुग्छ। बझाङ्गका सांसद प्रकाश रसाइली स्नेही गर्भवती महिलाको उद्धार गर्न संसदमा आवाज उठाउनुपर्ने बाध्यता रहेको बताउँछन्। ‘गर्भवती महिलालाई उद्धार गर्नका लागि संसदमा आवाज उठाउनुपर्र्ने  बाध्यता छ। दुर्गमका लागि योभन्दा दर्दनाक अरु कुन अवस्था होला र?’ उनको प्रश्न छ। 

संगीत समाजको ऐना हो। अशिक्षा, गरिबी, भोकमरी, अशिक्षा र अन्धविश्वासले ग्रस्त क्षेत्र हो। यी र यस्तै समस्याको समाधानका लागि संघीयतासहितको गणतन्त्रको परिकल्पना गरिएको छ। गणतन्त्र आएको १६ वर्ष पूरा भइसकेको छ। आजसम्म समस्या जहाँको त्यहीँ छन्। गीतमार्फत् पण्डितले त्यही अवस्थालाई दर्शाएका छन्। पण्डितको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियोमा उनीसँगै अस्मिता सुनार जुरेलीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। 

गीतको म्युजिक भिडियो सुरु हुनुअघि लेखिएको छ–यस गीतमा देखाइएका घटना र पात्र काल्पनिक हुन्। कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ। दुःखको कुरा यही छ, जुन संयोग त्यहाँको जनजीवनका लागि नियमित बनिरहेको छ। 
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्