काठमाडौं– बेलायती नम्बर एक महिला टेनिस खेलाडी इमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्।
चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै दोस्रो चरणबाट बाहिरिएकी हुन्।
राडुकानुलाई गार्सियाले ६-३ र ६-३ को सेटले पराजित गरिन्। अब गार्सियाले तेस्रो चरणमा झाङ सुइसँग खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।