काठमाडौं–आफ्नो पछिल्लो फिल्म ‘जर्सी’ सिनेमा हलमा असफल भए पनि शाहिद कपुरले आफ्नो पारिश्रमिक बढाएका छन्। उनले पछिल्लो पटक काम गरेको उक्त फिल्म सिनेमा हलमा नराम्रोसँग असफल भए पनि अभिनेता कपुरले भने आफ्ना आगामी फिल्मका लागि पारिश्रमिक बढाएका हुन्।
अप्रिल २२ मा प्रदर्शनमा आएको फिल्म ‘जर्सी’ले सिनेमा हलमा १९ करोड ६८ लाख भारतीय रुपैयाँको मात्रै व्यापार गरेको थियो। फिल्म हलमा असफल हुँदा निर्माता मारमा परे पनि शाहिदले भने पारिश्रमिकमा वृद्धि गरेका छन्। कपुरले उनलाई प्रस्ताव आएको आगामी फिल्मका लागि ३८ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेका छन्। कपुरले उनको पछिल्लो फ्लप फिल्म ‘जर्सी’का लागि ३१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए।
आफूले आगामी फिल्मका लागि बढाएको पारिश्रमिकको विषयमा शाहिदले भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँगको कुराकानीमा भनेका छन्, ‘मेरो पारिश्रमिक बढाएको विषयमा जे कुरा भइरहेका छन्, त्यसलाई फिल्म व्यापार हो भन्ने सम्झेर गर्नुपर्छ। यदि कुनै निर्मातालाई लाग्छ कि म त्यो रकमको हकदार हुँ भने उसले दिनसक्छ। कसैलाई लाग्दैन भने पनि त्यो ठीक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।