काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व छलि गर्ने १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले १९ जनाविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरेकाे हाे।
भन्सार नाका प्रयोग नगरी, प्रज्ञापन पत्रसमेत नभरी समान आयात गर्ने र विभिन्न मालसमान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर नतिर्नेविरुद्ध विभागले मंगलबार उच्च अदालतमा मुद्दा दायर गरेको हो।
राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई सरकारलाई तिर्नुपर्ने राजस्व नबुझाई बननियपूर्ण कार्य गरेको पाइएपछि विभागले बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।