तस्बिर: सामाजिक सञ्जाल
काठमाडौं– बुधबार बिहान गौशाला चोकमा एउटै नम्बर प्लेटका २ वटा मोटरसाइकल देखा परेका छन्। गौशाला चोकमा ट्राफिक संकेत (रातो बत्ती) बलेपछि जाम पर्दा सवारीसाधन रोकिएको बेला एउटै नम्बर प्लेटका २ मोटरसाइकल सँगै देखिएका हुन्।
एउटै नम्बर प्लेटका दुई मोटरसाइकल देखापरेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेका थिए। क्षेत्रीले खिचेको तस्बिरमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर प्लेटका दुई मोटरसाइकल सँगै देखिन्छ। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
एउटै नम्बर प्लेटका दुई मोटरसाइकलको जम्काभेट भएको तस्बिर भाइरल भएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिन सर्कुलर गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले ट्राफिक युनिटहरुलाई मोटरसाइकल नियन्त्रणमा लिनका लागि निर्देशन दिइएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।