काठमाडौं- केही दिन अघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।
उनीहरुलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरे।
पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारसहितका पाँच दर्जन बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ।
पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनताको विश्वास र आशा भएको भन्दै अब पार्टी शसक्त रुपमा अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।