• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुनिल शेट्टीदेखि ब्रह्मानन्दनसम्म : यी हुन् नेपाली फिल्ममा प्रवेश गरेका भारतीय कलाकार

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  १२:०५
1140x725

काठमाडौं– मंगलबार मात्रै अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतीषी हरिहर अधिकारी निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दनले काम गर्ने सम्झौता भएको सार्वजनिक भयो। ढुंगाना र अधिकारीले सामाजिक सञ्जालमार्फत् यसको जानकारी दिए।

चन्द पन्तले निर्देशन गर्ने भनिएको उक्त फिल्ममा ब्रह्मानन्दन मात्रै नभएर भारतका अन्य कलाकार तथा प्राविधिकहरु पनि छन्। फिल्ममा ब्रह्मानन्दनसँगै प्रदीपसिंह रावत, सुनिल बर्मा र अलिले काम गर्ने सम्झौता भइसकेको उनीहरुले सार्वजनिक गरेका छन्। 

नेपाली फिल्ममा भारतीय कलाकारलाई अभिनय गराउने होडबाजीमा निता र हरिहरको जोडी देखिन्छ। तर, यो नयाँ होडबाजी भने होइन। नेपाली फिल्म क्षेत्रमा फिल्म चलाउनका लागि प्रचारबाजीकै परिणामको रुपमा होस् वा फिल्मको ‘महत्त्व’ बढाउने हेतुले भारतीय कलाकारलाई प्रवेश गराउने चलन पुरानै छ। यीमध्ये कतिपय फिल्म त ‘पानी पानी’ भन्नै नपाउने गरि असफल भएका छन् भने भारतीय कलाकारले काम गर्ने सम्झौता भयो भनिएका कतिपय फिल्महरु बन्नै सकेका छैनन्।

अनमोल केसीको मुख्य अभिनय रहने भनिएको फिल्म ‘एक्स ९’को निर्माण पनि बलिउड कलाकारहरुलाई प्रवेश गराउने लहरमा थियो। जसको परिणाम स्वरुप बलिउड अभिनेता सुनिल शेट्टी फिल्ममा अनुबन्धित समेत भएको फिल्मको निर्माण पक्षले सार्वजनिक गरेको थियो। त्यस्तै, फिल्ममा खलनायकको भूमिकाका लागि बलिउडकै सोनु सुदलाई अनुबन्धन गर्ने हल्ला समेत फिल्मको निर्माण पक्षले चलाएको थियो।

तर, उक्त फिल्मलाई लिएर खासै प्रगति भएको छैन। मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको उक्त फिल्म नेपालकै ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको भएपनि हालसम्म काम अघि बढेको छैन। फिल्ममा अन्य नेपाली कलाकारका रुपमा पुष्प खड्का, सौगात मल्ल, निश्चल बस्नेत, मिस्टर आरजेलगायतलाई पनि अनुबन्धन गरिएको सार्वजनिक गरिएको थियो। 

Ncell 2
Ncell 2

भारतीय कलाकारसँगै नेपालका निकै रुचाइएका कलाकार फिल्ममा हुने भएकाले निर्माण हुनुअघि नै प्रचारका कारण चर्चामा रहेको उक्त फिल्म अहिले भने गुमनाम झैं भएको छ। २०२२ को जनवरीबाट छायांकनमा जाने भनिएको फिल्म अहिलेसम्म अघि बढेको छैन।

यता नेपाली फिल्ममा भारतीय कलाकारलाई फिल्म चलाउने अस्त्रका रुपमा प्रयोग गर्ने चलन पनि पुरानै छ। बलिउडका नाम चलेका कलाकारलाई नेपाल झिकाएर केमियो रोल वा कुनै गीतमा अभिनय गराएरै भएपनि फिल्मलाई प्रचार गर्ने होडबाजी फिल्मकर्मीमा रहेको छ।

यसकै परिणाम थियो सन्नी लियोनीले नृत्य गरेको फिल्म ‘पासवर्ड’। तर, फिल्मले हलमा भने ‘पानी’ समेत भन्ने अवस्था रहेन। पहिलो पटक नेपाली फिल्ममा सन्नी लियोनीको अभिनय भन्दै प्रचार गरिएको भएपनि फिल्मले खासै दर्शकलाई तान्न सकेन। सन्नीले फिल्मको एक गीत ‘आजको साम’मा गरेको नृत्यले दर्शकलाई हलसम्म तान्न सकेन। सन्नीको ठुम्काले न दर्शक तानिए, न निर्माता निर्देशकलाई नै फाइदा भयो। एकातिर फिल्म असफल भयो भने अर्कातिर प्रचारका लागि चुकाएको महंगो रकम पनि बालुवामा पानीकै रुपमा खेर गएको थियो।

त्यसो त नेपाली फिल्मको इतिहासमा जाने हो भने सुरुवाती वर्षहरुमा भारतका प्राविधिक मात्रै नभएर कलाकारहरु नै पनि भारतीय हुन्थे। माइतीघर फिल्म यसको सशक्त उदाहरण पनि हो। तर, पछिल्लो समय नेपालमै एकसेएक कलाकार उत्पादन भएका छन। विदेशी कलाकारलाई नै अभिनय गराउने पक्षमा पनि जोडदार भूमिकामा प्रवेश गराएर नेपाली फिल्मको विश्वव्यापी ब्राण्डिङ गर्ने मौका अहिले छ। तर, नेपालमा भने भारतीय कलाकारको भूमिका प्रायः प्रचार केन्द्रित नै भइरहेको छ।

‘द म्यान फ्रम काठमाडौं’ बलिउडसँगै पाकिस्तानी तथा अन्य देशका कलाकारलाई समावेश गरिएको फिल्म थियो। पेमा डोन्डुपको निर्देशनमा बनेको यो फिल्ममा भारतीय ‘ब्याड बोय’ कलाकार गुल्सन ग्रोभरसँगै पाकिस्तानी कलाकार हामिद सैखलगायतका कलाकारको अभिनय थियो। तर, फिल्मले खास प्रदर्शन गर्न सकेन सिनेमा हलमा। फिल्म प्रदर्शनमा आएसँगै न राम्रो चर्चा भयो, न राम्रो व्यापार नै। अन्ततः आश गरिएको फिल्मको प्रस्थान भने निराशाजनक भएको थियो।

नेपालमा बलिउड तथा दक्षिण भारतीय फिल्महरुको स्थापित प्रभाव र असरकाबीच निर्देशक तथा निर्माताले लगानी सुरक्षित गर्ने हेतुले यिनै क्षेत्रका कलाकारलाई अभिनय गराउने चाहना राख्नु स्वाभाविक नै हो। तर, विगतदेखिको अवस्था हेर्दा नेपाली फिल्म इतिहासको सुरुवातबाहेक कालान्तरमा बलिउड तथा भारतीय कलाकारलाई प्रचारमुखि बनेर ल्याइएको छ। 

फिल्ममा खास भूमिका र असर भन्दा पनि ‘अभिनय छ है’ भन्ने देखाएर दर्शकलाई दिगभ्रमित बनाउने सोचमा निर्माता निर्देशक देखिन्छन्। कालान्तरमा यसको प्रत्यक्ष असर फिल्ममा देखिने जोखिम पनि बढेको छ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध बुधबार, माघ १४, २०८२
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध बुधबार, माघ १४, २०८२
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्