महोत्तरी– प्रहरीले महोत्तरीको नेपाल–भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएका तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ।
भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्रबिना आएका बीआर ०६ बीवाई ५५४५ र डीएल ९ सिक्युएस २६८१ नम्बरको दुईवटा मारुती सुजुकी कार र बीआर ३० एम ७५७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।