काठमाडौं–भारतको जी टीभीबाट प्रसारण हुँदै आएको रियालिटी शो ‘डीआइडी लिटिल मास्टर’ को उपाधि आसामका नोवोजित नर्जरीले जितेका छन्।
आइतबार राति प्रसारण भएको पाँचौ सिजनको फाइनलमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्। उनले ट्रफीका साथै नगद ५ लाख हात पारे। प्रतिस्पर्धामा फस्ट रनर अप अप्पन पेगु भइन् भने नेपाली मूलकी आध्याश्री उपाध्याय सेकेण्ड रनर अप भइन्। तीनै जना आसामका हुन्।
आध्याश्रीलाई जिताउन आसामसहित पूर्वोत्तर भारतमा बसोबास गर्ने गोर्खा समुदायले अभियान नै सञ्चालन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।