• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

के हो रामकुमारी झाँक्रीले चर्चा गरेको ‘वुमन्स’ पार्टी?

64x64
युवराज भट्टराई शुक्रबार, असार १०, २०७९  २१:४९
1140x725

काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्बाट फिर्ता बोलाएपछि सहरी विकासमन्त्री रामकुमारी झाँकीले ट्विट गर्दै फिलिपिन्सको एक पार्टीको नाम लिइन्– द ग्याब्रिएला वुमन्स पार्टी। एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेका सबै पुरुष भएको सन्दर्भमा उनले यस्तो ट्विट गरेकी थिइन्। 

झाँक्रीले उल्लेख गरेको द ग्याब्रिएला वुमन्स पार्टी अर्थात् ग्याब्रिएला फिलिपिन्समा महिलाको मुद्दा उठाइरहेको पार्टी हो। सन् १९८४ मा स्थापना भएको यो संगठनले २००३ बाट पार्टी निर्माण थालेर चुनावी अभियानमा लागेको थियो। राष्ट्रिय लोकतन्त्र, समाजवादी नारीवाद, मार्क्सवादी नारीवाद तथा प्रगतिशीलताजस्ता सिद्धान्तमा आधारित रहेको यो पार्टी वामपन्थी हो। 

के हो ग्याब्रिएला?
यो पार्टीले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, ‘ग्याब्रिएला वुमन्स पार्टी एउटा क्षेत्रीय पार्टी हो, जसले सहभागिता नपाएका र अल्पसंख्यक महिलाहरूको हकअधिकारलाई मतदानको माध्यम र सरकारका निकायहरूमार्फत प्रस्तुत गरिरहेको छ।’

सन् १९८४ मा संगठनको रूपमा ग्याब्रिएला स्थापना हुँदा फिलिपिन्सको राजधानी शहर मनिलामा १० हजार महिलाले एकसाथ प्रदर्शन गरेका थिए। फिलिपिन्सका तानाशाह फर्डिनान्द मार्कोसको आदेशको अवहेलना गर्दै उनीहरूले महिला हक र अधिकारको पक्षमा आन्दोलन गरेका थिए। मार्कोसले त्यो बेला कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाउने आदेश दिएका थिए।

फिलिपिन्समा हुने आन्दोलनमा महिलाको सहभागिता त्यो संख्यामा हुनु ‘अभूतपूर्व’ थियो। ग्याब्रिएलाले गरेको यो आन्दोलनबाटै पार्टीले शक्ति हासिल गर्न थालेको थियो। 

यो संगठनको नाम फिलिपिनी क्रान्तिकारी महिला ग्याब्रिएला सिलाङको सम्मानमा राखिएको थियो, जसले सन् १७६३ मा स्पेनविरुद्ध विद्रोह गरेकी थिइन्। आफ्नो श्रीमानको हत्या भएपछि उनी आन्दोलित भएकी थिइन्। जसकारण उनलाई तत्कालीन स्पेनको शासनकालमा पक्राउसमेत गरिएको थियो। फिलिपिन्समा उनीसँगै अन्यले चालेको विद्रोहको सुरुवाती कदमकै परिणामको रुपमा सन् १८९८ मा भएको फिलिपिनी क्रान्तीलाई लिने गरिन्छ, जसले स्पेनलाई फिलिपिन्सबाट खेदाउन सफल भएको थियो।

संगठनको रुपमा रहँदा ग्याब्रिएलाले राष्ट्रिय स्वतन्त्रता, महिला सहभागिता र गरिबीबाट उन्मुक्ति जस्ता विषय उठाइरहेको थियो। पितृसत्ताविरुद्धको वकालतदेखि नवउपनिवेशवादको विपक्षमा यसको विचार प्रकट हुन्थ्यो। ‘थर्ड वल्र्ड फेमिनिजम’को विचारमा रहेर उक्त संगठनले सामाजिक रुपान्तरणको विषयलाई उठाउँथ्यो। ‘थर्ड वर्ल्ड फेमिनिजम’ वा ‘पोष्ट कोलोनियल फेमिनिजम’को विकास भने पश्चिमा देशहरूको उपनिवेशमा रहेका राष्ट्रहरूमा गैर–पश्चिमा र गोराबाहेकका महिलाहरूहरूले भोगेको विभेदको विपक्षमा सुरु भएको थियो।

ग्याब्रिएलाले सन् २००३ मा पार्टीको रुप लिँदा पहिला संगठनको सदस्य भएका नै पार्टी सदस्य भएका थिए। सन् २००४ को निर्वाचनमा पाटीले साढे ४ लाखभन्दा धेरै मत ल्याएको थियो। त्यहाँको प्रतिनिधिसभामा भने उनीहरूले १ सिट मात्रै जितेका थिए। ग्याब्रिएला वुमन्स पार्टीका तर्फबाट पहिलो पटक संसदमा लिजा माजा उपस्थित भएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सन् २००७, २०१०, २०१३ र २०१६ का हरेक निर्वाचनमा यो पार्टीले २–२ सिट जितेको थियो। सन् २०१९ र २०२२ को निर्वाचनमा भने उक्त पार्टीले १–१ सिट हात पारेको छ।

ग्याब्रिएलाले संसदमा उपस्थिति उल्लेख्य रुपमा देखाउन नसके पनि सामाजिक रुपमा भने निकै शक्तिशाली प्रभाव छाडेको छ। फिलिपिन्समा ‘वान बिलियन राइजिङ’ नामक अभियान सुरु गरेर यसलाई विश्वभर फैलाउने श्रेय उक्त पार्टीलाई नै जान्छ। सन् २०१३ मा यो अभियान सुरुवात भएको थियो। महिलामाथि हुने हिंसा र बलात्कारविरुद्ध उक्त अभियानले काम गरिरहेको छ।

मानव बेचबिखनको विषयमा पनि ग्याब्रिएलाले निरन्तर काम गरिरहेको छ। फिलिपिन्सबाट बेचिने महिला तथा युवतीहरूको उद्धार र पुनः स्थापनाको विषयमा यसले काम गरिरहेको छ। सन् १९९९ मा सुरुवात भएको ग्याब्रिएलाकै ‘पर्पल रोज क्याम्पेन’ले फिलिपिन्समा यौनजन्य क्रियाकलापका लागि हुने महिलामाथिको हिंसा र बेचबिखनमा पनि काम गरिरहेको छ।

के नेपालमा सम्भव छ महिलाहरूको पार्टी?
विश्वका धेरै देशमा फिलिपिन्समा जस्तै महिलाको मात्र राजनीतिक पार्टीहरू छन्। ती देशका दलले महिला मुद्दालाई संसद् र सडकमा उठाउन संघर्ष गरिरहेका छन्। पाकिस्तानमा ‘पाकिस्तान वुमन मुस्लिम लिग’, भारतमा ‘वुमनिस्ट पार्टी अफ इण्डिया’, ‘युनाइडेट वुमन फ्रन्ट’, अर्जेन्टिनामा ‘फिमेल पेरोनिष्ट पार्टी’, क्यानडामा ‘फेमिनिष्ट पार्टी अफ क्यानडा’ लगायत महिला केन्द्रित पार्टीहरू छन्।

Xtrem

Xtrem

नेपालमा पनि महिलाको मुद्दा उठाउने र राजनीतिमा महिला सहभागितालाई बढाउने महिलाकै राजनीतिक पार्टी खोल्नुपर्ने मुद्दा पहिल्यैदेखि उठेको हो। नेपाली कांग्रेसकी नेतृ तथा सांसद पुष्पा भुषाल यो विषय पुरानो भएको बताउँछिन्। उनी भन्छिन्, ‘नेपालमा पनि महिलाको पार्टी खोल्नुपर्छ भन्ने मुद्दा पुरानै हो। तर, व्यावहारिकतामा पनि हेर्नुपर्छ। पहिला त आन्तरिक रुपमा नै संघर्ष गर्नुपर्छ।’

भुषाल पहिला आफू संलग्न पार्टीमा नै महिलाका मुद्दालाई लिएर हस्तक्षेपकारी संघर्ष गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘अहिले ३३ प्रतिशत सहभागिता कानुनले नै दिएको छ। हामीले आन्तरिक रुपमै संघर्ष गरेर यसलाई आधा बनाउनुपर्छ। सहभागिताको कुरा, सम्बन्धित निकायमा मुद्दा पुर्‍याउने कुरा र सम्बोधन हुने कुरा कानुन निर्माण गरेर हुनुपर्छ।’

महिला पार्टीको आवश्यकता हुनु र निर्माण गरिनुभन्दा पहिले आफ्नो अधिकारका लागि भएकै पार्टीमा महिला नेतृहरूले संघर्ष गर्नुपर्ने उनी बताउँछिन्। भुषाल भन्छिन्, ‘पहिला भएका पार्टीहरूमा संघर्ष गरेर आफ्नो अधिकार र सहभागिता बनाउने हो। आफ्ना मुद्दाहरू निकायमा पुर्‍याउन कानुन निर्माण गर्ने हो। त्यसो गर्दा पनि भएन भने पार्टी स्थापना गरेर गर्नुपर्ने काम गर्न सकिन्छ। तर, सहभागिताका लागि लडाइँ आवश्यक छ। संघर्ष गरेरै आफ्नो अधिकार पाउनुपर्छ।’

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा नेपालमा महिला पार्टीको आवश्यकता नभएको बताउँछिन्। समाजमा रहेको पितृसत्ताको अर्थमा रामकुमारी झाँक्रीले महिला पार्टीको आवश्यकता भएको बताएको उनको तर्क छ। उनी भन्छिन्, ‘पितृसत्ता पुरुषमा मात्रै हुन्छ भन्ने छैन, महिलामा पनि छ। दल जातीय, वर्गीयभन्दा पनि समग्र मतमा हुन्छ। यसरी महिलाले महिला पार्टी, मधेशले मधेश पार्टी र थारुले थारु पार्टी खोल्न थाल्यो भने हाम्रो गन्तव्य कहाँ होला?’

उनी नेपालमा यस्तो किसिमको पार्टी खोल्न सम्भव पनि नभएको बताउँछिन्।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्