Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बा किसान, हामी शरणार्थी

64x64
गोविन्द देवकोटा शनिबार, असार ११, २०७९  १३:५६
1140x725

काठमाडौं– पछिल्लो एक दशकयता महंगीले जनताको ढाड सेकिसकेको छ। दैनिक ज्यालादारीमा काम गर्नेलाई त बिहान बेलुकाको खाना जोहो गर्न पनि मुस्किल भएको छ। अझ काठमाडौं शहरमा बस्ने मजस्ता श्रमिकको त के कुरा गर्नु! समयमै तलब आएन भने कति छाक त भोकै टार्नुपर्छ। कैयौं रात भोकभोकै काट्नुपर्दा यसो गाउँ फर्किउँ कि भन्ने पनि लाग्छ। तर, यो भीडभाडदेखि टाढा गाउँ फर्केर पनि गर्ने के नै छ र?

महंगीले अब शहरमा बाँच्न सकिँदैन कि भन्ने लागेर मैले उनीसँग सल्लाह गरेँ। ‘अब सानु यो शहरमा बस्न सकिएला जस्तो छैन। गाउँ जानुपर्छ। बिहेपछि बरु उतै भएको जमिनमा केही उत्पादन गरेर बसौंला नि?’

मेरो प्रस्ताव सकिन नपाउँदै उनको उत्तर आइहाल्यो, ‘छ्या के कुरा गरेको। गाउँमा बसेर गोबर सोहर्न सकिन्छ र?’

उनको प्रश्नले मन खिन्न भयो। रिस पनि उठ्यो। केही दिनअघि उनले सामाजिक सञ्जालमा महंगीबारे विरोध जनाउँदै स्टेटस पोस्ट्याएकी थिइन्। ‘सरकार महंगीले जनता मर्न लागिसके। आन्तरिक उत्पादन वृद्धिमा कुनै योजना ल्याउन सकेन। बजेट खाली वितरणमुखी मात्रै भयो’ यस्तै–यस्तै असन्तुष्टि पोखेकी थिइन्।

अहिले अधिकांश युवाको सामाजिक सञ्जालमा राज्यप्रति तीव्र असन्तुष्टि देखिन्छ। सरकारले केही गर्न नसक्दा युवा विदेशिन बाध्य भए, आन्तरिक उत्पादन भएन, सबै रकम आयातमै सकिन थाल्यो। तर, यो तीव्र आक्रोशबीच कसैले पनि यति लेख्न भ्याउँदैनन् कि, हामीले देशको अर्थतन्त्र उकास्न के कति गर्‍यौं? 

यो प्रश्न मैले उनलाई पनि सोधेँ। अनि व्यङ्ग्य गर्दै भने पनि, ‘हुन त तिमीले पनि देशलाई योगदान त दिएकै हौ नि! भएको जमिन बाँझो राखेर, बाहिरको तयारी खाद्यान्न उपभोग गरेर।’

उनी मुसुक्क हासिन् र बोलिन्, ‘यस्तै त हो। सबै शहरमा बसेर भविष्य खोज्छन्। तपाईं गाउँ जाने भन्नुहुन्छ। गाउँमा बस्न त सक्दिनँ है कान्छा। अलिअलि भए पनि कमाएर शहरमै बस्ने व्यवस्था मिलाउनुस्।’

अहिलेका मानिस सुविधाभोगी त छँदैछन्, यसमा कुनै द्वुविधा छैन। तर, हामीले सुविधाका नाउँमा राज्यलाई कति भार पार्‍यौं? हामीले दिनरात दुःख गरेर कमाएको आम्दानी कहाँ खर्च गर्‍यौं? खाडीको तातो रापमा पिल्सिएर पठाएको रकम कहाँ सदुपयोग गर्‍यौं? गर्‍यौं त केवल खान लाउनमै। आखिर दुई छाक खान र एक ओत लाग्ने घरकै लागि हो भने ज्यान जोखिममा राखेर अर्काको देश किन भौंतारिरहेका छौं? अहिलेको यक्ष प्रश्न यही हो। यो प्रश्नको उत्तर खोज्ने युवा जमात सायदै होलान्।

Ncell 2
Ncell 2
nimb
nimb

करिब २०६३ सालसम्म म आफ्नै घरको अवस्था सम्झिन्छु। तीन वटा फराकिला बारीमा बर्खामा कहिल्यै मकै, कहिले गहुँ त कहिल्यै आलु लगाउँथ्यौं। घरबारी र खेत त कमाउने नै भयौं। बारीको उत्पादनले मात्रै तीन महिना पुग्थ्यो। बिहान–बेलुका फेरिफेरि खाना खाने चलन थियो। जसकारण घरमा नुन, चिनी र बेसारबाहेक भान्सामा प्रयोग हुने वस्तु बजारबाट किन्न पर्दैनथ्यो।

कहिलेकाहीँ चाडपर्वमा भने सेलरोटी, अर्सा बनाउनका लागि रङ राम्रो हुन्छ भनेर बजारबाट चामल भने किनिन्थ्यो। तर खानकै लागि किन्ने चलन थिएन। हुन त, त्यसबेला कर्णालीजस्तो ठाउँमा बजार सहज पनि थिएन। तर, घरकै उत्पादनले जेनतेन धानिहाल्यो। जब घरमा कमाउने मान्छे थपिँदै गए, तब लेकमा जानै छाड्यौं। केही समयअघिसम्म गहुँका बाला झुल्ने लेकको उर्बर जमिन अहिले दुबो उम्रिएको छ। उजाड बनेको छ।

जागिरबाट आएको रकमले खाद्यान्न किन्न थालियो। गाउँमा आरु, ढँटेलो, तोरी, ओखर र फर्सीकोे बीउसमेतबाट तेल निकालिन्थ्यो। अहिले त हरेकका भान्सामा सनफ्लावर र भटमासकै तेलका बोतल हुन्छन्। मलाई याद छ कपालमा लगाउनका लागि आमाले दुई/तीन महिनाको फरकमा धारा तेल किन्नुहुन्थ्यो। अहिले घरबारी र धान फल्ने खेतबाहेक वरपरका जमिनसमेत उजाड छन्। कुनैबेला गाउँ मात्रै होइन, लेकसम्म अन्नका बाला झुलेका हुन्थे। अहिले जताततै उजाड। काम गर्ने जनशक्ति गाउँमा बस्दैनन्। शहरमा अध्ययनका लागि आएका हामी जेनतेन सानोतिनो जागिर गर्न थालेपछि यतै बसियो। गाउँ गए पनि कहिलेकसो दशैं तिहारमा मात्र हो। अहिले घर गएर आफ्नो उत्पादन खान पाउँदा विशेष दिनजस्तो लाग्छ। 

गाउँमा सबैको परिस्थिति यस्तै हो। खेतबारी बाँझो राखेर शहरमा महंगीविरुद्धको आन्दोलनमा सहभागी भइरहेका छौं। तर, कसैले पनि ‘हामीले  उत्पादनका लागि के गर्‍यौं त?’ भन्ने कहिल्यै सोचेनौं। कम्तिमा बिक्रीका लागि नभए पनि आफूलाई खान पुग्ने उत्पादन गरे हुन्थ्यो। विज्ञानले समेत पौष्टिक आहारका रूपमा पुष्टि गरेका जौं, उवा, मकै कुनैबेला हाम्रा प्रमुख खाद्यबाली थिए। तर, अहिले किताबका पानामा चित्र राखेर पढाइ मात्र हुन्छ।

Xtrem

Xtrem

गतवर्ष बुवा बिरामी हुनुभयो। मैले काठमाडौंमा आएर सँगै बस्न आग्रह गरेँ। तर, बुवाको जवाफले मन विक्षिप्त भयो, ‘तिमीहरु शरणार्थीसँग कसरी बस्नु। पोकामा चामल, दाल लिएर खान्छौ। मेरो त यहाँ खेतबारी छ, गाईबाख्रा छन्। म त्यहाँ आएँ भने, यिनलाई कसले सम्हालिदिन्छ?’

जसको पूरै जीवन गाउँबस्तीमा लेकबेसी गर्दै बित्यो, उनै बुवा थाकेका छैनन्। तर, हामी हिलो देख्नेबित्तिकै पन्छिन्छौं। 

अहिले मल अभावको समाचार जताततै छन्। सदनदेखि सडकसम्म मल अभावले माहोल तताएको छ। तर, एकपटक हाम्रो कृषि प्रणाली कस्तो भयो भन्नेतर्फ कसैले हेरेको देखिँदैन। 

पहिले हरेकको घरमा गोठ हुन्थे। गोठमा पर्याप्त गाईवस्तु हुन्थे। गाईवस्तुबाट मल उत्पादन मात्रै होइन, दुधदही र भेडाबाख्राबाट मासुसमेत उत्पादन हुन्थ्यो। जसकारण न मल किन्न पथ्र्यो न दुधदहीका लागि बजारका डेरी चहार्नुपथ्यो। विडम्बना, अहिले नुनदेखि सुनसम्म किन्नुपर्ने अवस्था आएपछि कसरी जोगिन्छ आम्दानी? 

कर्णालीतिर उखान छ, ‘जसको गोठमा गाई र घरमा माई हुन्छन्, त्यो घरमा मात्रै लक्ष्मीको बास हुन्छ।’ माई त ठीकै हो, महिलाबिना घर व्यवस्थित हुँदैन। ‘तर, यो झन्झटिलो गाईलाई चाहिँ यति महत्त्व किन दिएका हुन्?’ जस्तो लाग्थ्यो। 

अहिले बुझ्दैछु। गाईवस्तु नहुँदा मल नहुने, जसकारण जमिनले राम्रो उत्पादन दिन नसक्ने र उत्पादन दिननसक्ने जमिनमा कसले दुःख गर्ने? यो कृषिप्रणाली बुझ्न लामो समय लाग्यो।

नेपालको कृषिप्रणालीमा त्यति दुःख पनि छैन, जति प्रचारमा ल्याइन्छ। नेपालको खेतीप्रणाली तराईबाहेक पहाडमा मौसमी हुन्छ। बाली लगाउँदा र भित्र्याउँदाबाहेक अन्यबेला दुःख गर्नुपर्दैन। रेखदेखका लागि त परिवारको एक सदस्य नै भए पुग्छ। तर, हामी शहरिया, सुविधाभोगी र आधुनिक भइसक्यौं। त्यो गोबर सोहर्ने काम कसले गर्छ? भएका गाईबाख्रा पनि बेचेर आईफोनमा टिकटक बनाउँदैमा हामीलाई फुर्सद छैन। मिसावटयुक्त खाद्यान्नले बिरामी भइरहँदा खानामा होइन उपचारमा चिन्ता लिइरहेका छौँ।

केही वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको भोजन समारोहमा कर्णालीको अर्गानिक खाना खाँदा खुबै चर्चा चल्यो। मार्सी चामलबारे धेरैले थाहा पाए। त्यो चर्चाले कर्णालीको खान्कीलाई ब्राण्डिङ गरिदियो। कर्णालीको सिमी र मार्सी चामल विशेष त छन् नै, देशका विभिन्न ठाउँमा यस्ता विशेष अन्नहरु फल्छन्। तर, यसप्रति कसैको ध्यान गएको देखिँदैन।  

विदेश जाने या शहर पस्ने अधिकांशको एउटै बोली हुन्छ, ‘गाउँमा दुःख गरेर के गर्नु! बजार छैन। बेकारमा समय मात्रै खेर जान्छ। बरु बजारमा सस्तो पाइहाल्छ नि!’ 

हामी सहज र सस्तोका पछि लाग्दा विष सेवन गरिरहेको पत्ता नै पाउँदैनौं। अस्पतालको बेडमा पुगिसकेपछि आउने लाखौंको बिलले बल्ल ब्युझाउँछ। विडम्बना, पछिल्लो पुस्ताले त्यही अस्पतालको शय्याबाहेक बाहिर निस्केपछि सबै भुलिहाल्छ। 

राज्यका केही नीतिगत कमजोरी पनि होलान्। तर, दिनभर सामाजिक सञ्जालमा चहार्ने, अनि भएको जमिन बाँझो राखेर आफ्नो खाना पनि उत्पादन गर्न नसक्ने हामी युवाले राज्यलाई ‘सराप्ने’ कुनै अधिकार छैन। उत्पादन र बजारबीचको सम्बन्ध हामीले किताबका अक्षरबाहेक व्यवहारिक जीवनमा कहिल्यै लागू गरेनौं। बजारमा अभावका कारण महंगी बढ्छ भन्ने नै बुझेनौँ। बजारको मागअनुसार उत्पादन त गरौं, अनि राज्यलाई बजार भएन भनेर कराउँला। आन्दोलन नै गरौंला। उत्पादन नै बढी भयो भने आयात प्रतिस्थापन गर्न सकिहालिन्छ नि!

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्