काठमाडौं– विश्वव्यापी चर्चित हलिउड अभिनेता ब्राड पिटले सन्यास लिने बताएका छन्। उनले हालसालै एक अन्तर्वार्तामा आफूले फिल्म क्षेत्रबाट सन्यास लिने योजना बनाइरहेको बताएका छन्।
पिटले आफूले कहिलेबाट फिल्म क्षेत्र छोड्ने भन्ने निधो नगरे पनि त्यसो योजना बनिरहेको बताए। उनले मनोरञ्जन क्षेत्रमा आफ्नो अन्तिम समय चलिरहेको बताएका छन्।
‘यो क्षेत्रमा मेरो अन्तिम समय चलिरहेको छ,’ उनले भनेका छन्, ‘थाहा छैन त्यसपछि मैले कस्तो महशुस गर्नेछु। म ती मान्छेमध्ये हुँ जो आफ्नो कलाका कारण चिनिन्छन्। थाहा छैन, मैले सन्यास लिएपछि कस्तो अवस्था हुनेछ।’
ब्राड हाल आफ्नो नयाँ फिल्म ‘बुलेट ट्रेन’को प्रचारमा छन्। उनको यो फिल्म ५ अगस्टबाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।