काठमाडौं– शुक्रबारबाट नेपाली सिनेमा हलमा तीन फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘घनचक्कर’सँगै बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्भिस’ शुक्रबारबाट प्रदर्शनमा आएका हुन्।
सौगात मल्ल र सलोन बस्नेको मुख्य भूमिका रहेको ‘घनचक्कर’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका छन्। कमेडी विधामा रहेको यो फिल्मलाई करुना अर्याल र संगम भट्टले निर्देशन गरेका छन्।
फिल्ममा सौगात मल्ल र सलोन बस्नेतसँगै शिशिर भण्डारी, कृष्णभक्त महर्जन, प्रभान भुसाललगायतका कलाकारको अभिनय रहेको छ।
त्यस्तै, बलिउड फिल्म ‘जुगजुग जियो’ पनि शmुत्ररबारबाटै प्रदर्शनमा आएको छ। कमेडी र रोमान्स विधामा रहेको फिल्मलाई राज मेहताले निर्देशन गरेका छन्। फिल्ममा भारतको पटैला सहरमा भएको प्रेम सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा अनिल कपुर, नितु कपुर, बरुण धावन र कायरा अड्वानीलगायतका कलाकारको अभिनय रहेको छ।
हलिउड फिल्म ‘एल्भिस’ पनि आजबाट प्रदर्शनमा आएको छ। बास लुर्मानले निर्देशन गरेको यो फिल्म बायोग्राफिकल ड्रामा फिल्म हो। फिल्ममा टम ह्याङ्क्स, अस्टिन बट्लर र ओलिभिया डिजोङ्गेको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।