काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिक उत्सका अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव–२०७९ मा सुनसरीकी टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ। महोत्सवमा आत्रेयकाे सहित पाँच कविता पुरस्कृत भएका छन्।
प्रज्ञा प्रतिष्ठानले बिहीबार आयोजना गरेको कविता महोत्सवमा अन्तिम छनोटमा ३० कविता थिए। प्रत्यक्ष सहभागी हुन नसकेका विदेशमा भएका कविले भिडियोमार्फत कविता वाचन गरेका थिए।
महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेयको कविता ‘आगोमा फुलेको देश’ द्वितिय, भक्तपुरकी सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको कविता ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको कविता ‘सपना उम्रन्छ माटोमा’ तृतीय भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।