काठमाडौं– ‘फिटकिरी’ फिल्मका निर्देशक अनुप बरालको दोस्रो फिल्म ‘दोख’ प्रदर्शनको संघारमा छ। फिल्मको निर्माण पक्षहले अहिले फिल्मको प्रचारदेखि टिजर तथा ट्रेलर सार्वजनिक गरिरहेको छ।
प्रदर्शनको संघारमा रहेको फिल्मको दोस्रो टिजर बुधबार सार्वजनिक भएको छ। फिल्मको टिजरमा अभिनेता मनिष निरौला र दीया मास्के केन्द्रित छ।
टिजरको सुरुवातमा दिया आफ्नो छोरीलाई लिएर स्कुल गइरहेको देखाइएको छ। जसमा मनिषको भूमिका भने स्कुलमा पढाउने शिक्षकको देखिन्छ। दुई बीच बाटोमा भएको कुराकानी र मनिषको मनमा दियाप्रति भएको प्रेमको अंकुरणलाई प्रस्तुत गरिएको छ। त्यसपछिको दृश्यमा भने दिया र मनिषलाई नै माओवादी लडाकुले कुटपिट गरेको देखाइएको छ।
जनयुद्धको परिवेशमा खेलसँग सम्बन्धित कथा रहेको यो फिल्ममा दीया र मनिषसँगै लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जनयुद्धको क्रममा विभिन्न ठाउँमा भएका घट्नाहरुलाई खेलसँग जोडेर प्रस्तुत गरिएको बताइएको छ।
यो फिल्म असार २४ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।