• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भान्सामा प्रयोग हुने अत्यावश्यक वस्तुमा अचाक्ली मूल्यवृद्धि, सांसदका प्रश्नको जवाफ दिँदैनन् मन्त्री

64x64
सुमित्रा कार्की बिहीबार, असार ९, २०७९  ०९:०६
1140x725

काठमाडौं– जोरपाटीकी सावित्रा बराल मंगलबार बिहानै तरकारी किन्न गइन्। उनी प्रायः एक हप्ताका लागि तरकारी किनेर राख्ने गर्छिन्। त्यसका लागि ५०० रुपैयाँ जति खर्च हुन्थ्यो। तर, मंगलबार उनलाई पैसा पुगेन।

उनी भन्छिन्, ‘महंगी पनि कति बढेको छ भने, पहिला ५०० रुपैयाँले करिब एक हप्ता तरकारी खान पुग्थ्यो। अहिले एक दिनको तरकारी किन्न पनि मुस्किल हुन थाल्यो। यस्तो महंगी बढिरह्यो भने जिविका कसरी चलाउने होला?’

तरकारी मात्र नभएर भान्सामा दैनिक प्रयोग हुने हरेक सामग्री महंगो बनेको उनको भनाइ छ। तल्लो र मध्यम वर्गीय परिवारको भान्सा चलाउन समस्या हुन थालेको उनी गुनासो गर्छिन्। ‘बाहिरबाट महंगो आउँछ कि हामी सर्वधारणले मात्र यस्तो महंगी बेहोुर्न परेको हो?’ उनको प्रश्न छ। 

उनको भनाइबाट स्पष्ट हुन्छ कि पछिल्लो समय अचाक्ली महंगी बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्न थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा भान्सामा दैनिक चाहिने दाल, चामल, नुन, तेललगायतका सबै खाध्यवस्तुको मूल्य बढेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन्। उनी भन्छन्, ‘महंगीले अहिले सर्वधारणको घरमा चुलो बल्न नसक्ने अवस्था बनेको छ। यसको मूख्य जड भनेको नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानीको मूल्य पनि बढेको कारण दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको उनी बताउँछन्। यसैगरी रसिया र युक्रेनबीच भएको युद्धले पनि महंगी बढेको उनी बताउँछन्। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनलगायत आयात हुने सबै वस्तुको मूल्य बढेको मल्लले बताए। 

सर्वसाधारणको बुझाइमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नै महंगी अचाक्ली चुलिएको छ। भान्सामा दैनिक प्रयोग हुने सामान किन्न मंगलबार बिहान ग्वार्को चोक आइपुगेका राज तिवारीले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्ने हो भने महंगी नियन्त्रण हुनसक्ने बताए। ‘हाम्रो आम्दानीको स्रोत बढ्न सकेको छैन। भान्सामा प्रयोग हुने सामग्रीदेखि अन्य उपभोग्य वस्तुको पनि मूल्य चुलिएको छ। सरकारका नियामक निकायलाई अत्तोपत्तो छैन कि थाहा नपाएजस्तो गरेको हो बुझ्न सकिएको छैन।’ 

गत वर्ष असार ७ गते १२७ रुपैयाँ रहेको पेट्रोलको मूल्य यस वर्ष असार ५ गते १९९ रुपैयाँ पुगेको छ। एक वर्षमा पेट्रोलको मूल्य करिब ३९ प्रतिशतले बढेको आयल निगमले जनाएको छ।

खाने तेलको मूल्य १ वर्षको अवधिमा ५० प्रतिशतभन्दा धेरैले बढेको छ। खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले सबै आयातीत वस्तुको मूल्य अकासिएको छ। खाने तेलदेखि लिएर चिनी दालको मूल्य अकासिएको छ। यसको असर खुद्रा बजारसम्म पुग्दा झन् चर्को भएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल थोक व्यवसायी संघका अनुसार २०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको थोक मूल्य यो असारमा ३३० रुपैयाँ पुगेको छ। यो थोक मूल्य खुद्रा व्यापारीसम्म पुग्दा उपभोक्ताका लागि झनै महंगो पर्छ।

नेपाल खुद्रा व्यवसाय संघको तथ्यांक अधिकृत ज्योति थापाका अनुसार अघिल्लो असारमा २४० रुपैयाँ पर्ने सूर्यमुखी र तोरी तेलको मूल्य एक वर्षपछि लिटरमा ११० रुपैयाँले नै बढेर ३५० पुगेको छ। गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष २५ रुपैयाँले बढेर १७५ पुगेको छ। यसैगरी, २०७८ असारमा प्रतिकेजी ९० रुपैयाँ पर्ने चिनी यो असारसम्ममा १५ रुपैयाँले बढेर १०५ पुगेको छ।

सर्वसाधरणको भान्सामा नभइ नहुने दाल तथा चामलको मूल्य पनि अघिल्लो वर्षको भन्दा बढेको खुद्रा व्यवसाय संघका अध्यक्ष अमूल तुलाधर बताउँछन्। २०७८ असारमा १६० रुपैयाँ रहेको मासको दालको मूल्य यो असारमा १७० रुपैयाँ पुगेको छ। २०७८ असारमा १८० रुपैयाँ रहेको मास छाटा प्रतिकिलो २०० रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा मकै र गहुँको मूल्यमा प्रतिकिलो १० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष दुवै खाद्यान्न प्रतिकेजी ४५ थियो, अहिले ५५ रुपैयाँ पुगेको छ। 

एक वर्षमा ४.३१ प्रतिशतले बढ्यो उपभोक्ता मुद्रास्फीति
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो १० महिना (२०७९ वैशाख) सम्मको  तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ। उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४.३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमामा उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत थियो।  

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांक (उपभोक्ता मुद्रास्फीति)ले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्छ। उपभोक्ता मुद्रास्फीति मापन गर्न ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन्। राष्ट्र बैंकले ६० वटा बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिक मूल्य संकलन गरेर उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्छ।

आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ। यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत १३ उपसमूह र गैरखाद्य तथा सेवा समूह अन्तर्गत नौ उपसमूह छन्। उक्त समूहहरूको भारांक क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरको छ।

राष्ट्र बैंकले मापन गर्ने खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चालु आवको १०औं महिनामा ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत छ। गएको वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

संसद्‌मा पनि उठ्यो आवाज
अचाक्ली महंगी बढेको विषय संसद्‌मा पनि उठेको छ। प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले यो विषय उठाएका हुन्।

प्रतिनिधिसभाको सोमबार र मंगलबारको बैठकमा सांसदहरूले सरकारको जवाफसमेत माग गरेका थिए। एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई सास्ती दिएको बताइन्। उनले भनिन्, ‘मूल्य वृद्धिबाट जनताको जीवन कष्टकर बनिरहेको छ । यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्‍यो?’

उनी त्यतिमा मात्र रोकिइनन्। सोमबारको बैठकमा उनले मन्त्रीले जवाफ नदिँदासम्म संसद्‌को कारबाही नै अगाडि बढाउन नसकिने जानकारी गराएपछि एमालेका सांसद सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सम्बन्धित मन्त्रीलाई जवाफ दिन रुलिङ गरेका थिए। सभामुखले रुलिङ गरेपछि पनि सांसदले पेट्रोलियम पदार्थले जनजीवनमा पारेको प्रभावको विषय उठाएका थिए । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरेका थिए। एमाले सांसद दामोदार भण्डारीले काठमाडौंबाट दुबई जानुभन्दा काठमाडौंबाट धनगढी जान महंगो परिरहेको बताएका थिए।

त्यसपछि मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यात्मक भएको बताए। नेपाल आयल निगमको घाटालाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न सरकार बाध्य भएको उनको भनाइ थियो। तर, उनले अन्य अत्यावश्यक वस्तुमा भएको मूल्यवृद्धि र त्यसको नियन्त्रणका लागि सरकारले कदम चालेको छ वा छैन भन्ने विषयमा केही पनि बोलेनन्।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, साउन ८, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्