• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यात्मक स्थितिमा पुगेपछि लिइएको निर्णय हो : दिलेन्द्रप्रसाद बडू

64x64
नेपाल लाइभ मंगलबार, असार ७, २०७९  १५:५५
1140x725

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्। नेपाल आयल निगमको घाटालाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न सरकार बाध्य भएको उनको भनाइ छ। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा उनले बाध्यात्मक स्थितिमा पुगेपछि मूल्य बढाउने निर्णय गरिएको बताएका हुन्।

मन्त्री बडूले संसद्‍मा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे दिएको जवाफः 
हालै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्वि सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल आयल निगमलाई पछिल्लोपटक मिति २०७९ असार २ गते इन्डियन आयल कर्पोरसनबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत मूल्य प्रतिलिटर रु २०९.२८, डिजेलको प्रतिलिटर रु २०२.१६ र हवाई इन्धनमा प्रतिलिटर रु १६८.७० र एलपी ग्यासको प्रति सिलिन्डर रु २५५१.१५ पर्न गएको थियो।

जस अनुसार मूल्य बढ्नभन्दा पहिलेको स्थितिमा प्रतिलिटर पेट्रोलमा करिव रु ३१.२८, डिजेलमा करिब रु ३७.१६ र हवाई इन्धनमा २.७० घाटा र एलपी ग्यासमा प्रतिसिलिन्डर रु ७५१ घाटा हुने अवस्था रही समग्रमा पेट्रोलियम पदार्थको कारोबारबाट नेपाल आयल निगमलाई १५ दिनको अनुमानित बिक्रीमा करिब रु ४ अर्ब ८२ करोड घाटा हुने अवस्था रहेको थियो।

पेट्रोलियम पदार्थको बिक्रीबाट निगमलाई हुने नोक्सानीलाई मध्यनजर गर्दै मूल्य निर्धारण गर्न अधिकार सम्पन्न निगमको सञ्चालक समितिको मिति २०७९ असार ५ गतेको बैठकबाट मिति २०७९ असार ६ गतेदेखि लागू हुनेगरी पेट्रोलमा रु २१ र डिजेल र मट्टितेलमा रु २७.९ ले वृद्धि गरी नयाँ खुद्रा मूल्य पेट्रोलमा रु १९९, डिजेल र मट्टितेलमा रु १९२ र हवाई इन्धनमा रु १९ ले वृद्धि गरी नयाँ खुद्रा मूल्य प्रति लिटर रु १८५ कायम गरिएको थियो।

आम नागरिकले प्रयोग गर्ने एलपी ग्यासमा निगमलाई प्रतिसिलन्डर ७५१ रुपैयाँ घाटा हुँदासमेत कुनै मूल्यबृद्वि नगरी यथावत राखिएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कपोरशनलाई २२ अर्ब बक्यौता रहेको व्यहोरासमेत जानकारी गराउन चाहन्छु। सोही कारण इन्डियन आयल कर्पोरशनलाई पेट्रोलियम पदार्थ खरिदवापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाई राख्न लागत अनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति निगमसामू देखिएको छ।

निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रामा बिक्री गरी घाटा पु¥याएको र केही व्यापारीलाई अनुचित फाइदा पु¥याएको भनि माननीयज्यूहरूले उठाउनु भएको सन्दर्भमा निगमको प्रचलित कानून नीति तथा पेट्रोलियम पदार्थको बिक्री सम्बन्धी परम्परा अनूरुप नै बिक्री गरिएको र निगमको कुनै पनि डिपो खाली नगरी बिक्री गरिएको व्यहोरा स्पष्ट पार्न चाहन्छु।

nimb
nimb

पेट्रोलियम पदार्थ बिक्री वितरण सम्बन्धमा निगमको प्रचलित निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ४२ को (१) मा ‘निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ४२ को (१) मा निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा लागत मूल्य बमोजिम पेट्रोलियम पदार्थको द्वार मूल्य, ठूला उपभोक्ता मूल्य, भन्सार छुट मूल्य, कुनै आयोजना वाहवाई कम्पनी आदिहरूलाई अलग–अलग बिक्री मूल्य तोक्नेछ’उल्लेख छ।

यस्तै, ९३० मा ‘उपविनियम (१) बमोजिमको परिवर्तन भएको परिमाणबाट पर्ने लाभ वा हानीको दायित्व बिक्रेता स्वयंको नै हुनेछ। साथै,निगमबाट बिक्रेतालाई बिक्री गरी सकिएको पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन भएको कारणबाट उत्पन्न हुने हानी वा नोक्सानीको दायित्व निगमले बहन गर्ने छैन’ भन्ने नितिगत रहेको व्यवस्थासमेत सम्मानित सदन समक्ष जानकारी गराउन चाहन्छु। जसको कारण कसैलाइ नाफा अथवा कसैलाइ घाटा हुने हिसाबले नभई कानुन र नीतिगत व्यवस्था अनुरुप मूल्य निर्धारण तथा बिक्री हुने व्यहोरासमेत स्पष्ट गर्न चाहन्छु ।

पछिल्लो समय रुस—युक्रेन युद्धका कारण सिर्जना भएको विश्व ऊर्जा संकटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेरै आइरहेको छ। तर पनि निगम आफू घाटामा रही कारोबार कार्य गरिरहेको बाध्यात्मक अवस्थामा रहेको छ।

मुलुकैभरी सबैभन्दा बढी पेट्रोलको खपत हुने काठमाडौं उपत्यकामा निगमको थानकोट डिपोले मिति २०७९ असार ५ गते (आइतबार) पेट्रोल सात लाख पचास हजार लिटर र डिजेल आठ लाख पचास हजार लिटर बिक्री गरेको थियो भने मिति २०७९ असार ६ गते (सोमबार) पेट्रोल आठ लाख चालिस हजार लिटर र डिजेल दश लाख चालिस हजार लिटर बिक्री गरेको रेकर्डबाट देखिन्छ।

मुलुकका अन्य स्थानमा वर्षाको कारण खेतीपातिको समय भएको कारणले डिजेलको बिक्रीमा केही सामान्य खपत बढ्ने र घट्ने भैरहने गर्दछ। यसरी बिक्री वितरण भैरहेको अवस्थामा स्टकबाट पेट्रोलियम पदार्थ बिक्री गरेपश्चात मूल्य बढ्ने गरेको भन्ने भनाइ सत्य होइन। 

अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रकृया निगमले विगतदेखि नै अवलम्बन गर्दै आइरहेको विषय हो। जसको विवरण निगमले आफ्नो वेबसाइटमा सबैलाई जानकारी प्राप्त गर्नसक्ने गरिराखेको छ। 

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव मिति २०७९।०२।१० को मन्त्रिपरिषद्बाट पारित भए अनुसार नै खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले घटाइसकिएको छ। 

साथै, सरकारी निकायले कम्तिमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउन नितिगत निर्णय भैसकेको छ। चालू आवको बजेटमार्फत् पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कायार्लयवाट एलपी ग्यास प्रयोगको वैकल्पिक उपाय अवलम्बन गर्ने नीतिगत व्यवस्था गरिएको छ।

निगम सञ्चालक समितिको निर्णय अनुसार एलपी ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग–अलग मूल्य कायम गर्न समितिका सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधित्वसमेत रहने गरी उप–समिति गठन गरिएको छ र छिट्टै यो व्यवस्था व्यवहारमा ल्याइनेछ।

मन्त्रिपरिषद्बाट नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल सरकारले अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन नीतिगत, कानूनी एवं संस्थागत सुधारलगायतका विषयवस्तुहरू समावेश गरी प्रतिवेदन पेस गर्न नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको गरेको छ। 

सर्वसाधारणले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महसूलमा सहुलियत दिइ राहत प्रदान गर्ने विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनको लागि करमा छुट प्रदान गर्ने तथा बढी विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने नीति लिएको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउँदछु।

पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा बुद्विमतापूर्वक प्रयोगको लागि सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा तथा पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्ता वर्गमा आग्रहसमेत गर्दछु।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लमजुङको चेपे खोलामा सतर्कता तह पार
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय
देशभर बाढीपहिरोको असर : ८ सडकखण्ड पूर्ण अवरुद्ध
सम्बन्धित सामग्री
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ। सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरक... सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
लमजुङको चेपे खोलामा सतर्कता तह पार सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय सोमबार, भदौ १५, २०८३
देशभर बाढीपहिरोको असर : ८ सडकखण्ड पूर्ण अवरुद्ध सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्