काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, फौजदारीलगायत मुद्दामा कांग्रेस भएका कारण कोही कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए।
‘हामी कानुनी शासनमा विश्वास गर्छौं, निर्दोष कोही मानिस पनि गर्न हुँदैन तर प्रचलित कानुनको आधारमा कोहीमाथि भ्रष्टाचार वा फौजदारीलगायत मुद्दा लागेको छ भने कांग्रेस भएकै कारण उन्मुक्ति पनि पाउन हुन्न,’ महामन्त्री थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।