काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको माग कार्यान्वयनमा ल्याउने बताएका छ्न्। मंगलबार बोर्डमा पत्रकार सम्मेलन गर्दै हमालले उक्त कुरा बताएका हुन्।
उनले लगानीकर्ताको माग बोर्डले नै कार्ययोजनाभित्र राखेको जानकारी दिएका छन्। अहिले बजार घट्नुमा मौद्रिक नीतिको ४/१२ को नीति मुख्य कारण भएको उनले बताए।
यस्तै, तरलता अभावलगायतका आर्थिक समस्याको कारण पनि सेयर बजार घटेको उनको भनाइ छ। नेपाल राष्ट्र बैंकले समिति बनाएर ४/१२ को नीतिबारे अध्ययन गरिरहेको उनले जानकारी दिए।
सरकारले कुनै पोलिसी ल्याउँदा धितोपत्र बोर्ड, बीमा समितिलगायतका सेयर बजारसङ सम्बन्धित नियमन निकायसँग सल्लाह गरेरमात्र यस्तो पोलिसी ल्याउनुपर्ने उनको सुझाव छ।
बोर्डको अजेन्डा र लगानीकर्ताको मागका अजेन्डा मिलेको छ। उनले अनसनरत लगानीकर्तालाई अनसन छाडेर बोर्डलाई सहयोग गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।