काठमाडौं- नेपाली सेनाले ‘स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता अमेरिकी सेना वा सरकारसँग नगरेको जनाएको छ।
नेपाली सेनाले विज्ञप्ति प्रकाशित गर्दै लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको पनि सेनाले जनाएको छ। साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिप्रति सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ,’ सेनाको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।