काठमाडौं– १० जुनमा रिलिज भएको फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ले तीन दिनमा नै करिब ५० अर्बको आम्दानी गरेको छ।
‘जुरासिक पार्क’ फिल्म सिरिजको छैटौं फ्रेन्चाइज फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ले तीन दिनमा ४ सय मिलियन अमेरिकी डलर आम्दानी गरेको हो।
फिल्मको कमाई नेपाली रुपैयाँमा ४९ अर्ब ९५ करोड ९० लाखभन्दा धेरै हुन्छ। फिल्मले पहिलो दिनमै ५९ मिलियन अमेरिकी डलरको आम्दानी गरेको थियो।
‘जुरासिक पार्क’ फिल्म श्रृङ्खला विश्वकै चर्चित र सफलमध्येको फिल्म सिरिज हो। सन् १९९३ मा पहिलो फिल्म ‘जुरासिक वर्ल्ड’बाट सुरु भएको यो श्रृङ्खला निरन्तर चलिरहेको छ।
हालसम्म ‘जुरासिक पार्क’ सिरिजअन्तर्गत जुरासिक वर्ल्डका ५ फिल्म आइसकेका छन्। सन् २०१५ बाट जुरासिक पार्कको सिक्वेललाई पनि जुरासिक वर्ल्ड नै नाम दिएर बनाइएको छ।
‘जुरासिक वर्ल्ड डोमिनियन’ भने कोलिन ट्रेभोर्रोउको निर्देशनमा बनेको फिल्मको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।