काठमाडौं– कोरोना संक्रमणका कारण सरकारले निषेधाज्ञा लगाउँदा सिनेमा हलमा प्रदर्शन हुँदाहुँदै रोकिएको फिल्म ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने भएको छ। गत वर्ष प्रदर्शनका क्रममा रोकिएको फिल्मलाई फेरि प्रदर्शन गर्न लागिएको हो।
फिल्मका निर्माता अर्जुन कुमारका अनुसार फिल्म त्यतिबेला राम्रोसँग चल्न नपाएकाले फेरि प्रदर्शन गर्न लागिएको हो। उनले फिल्म निषेधाज्ञाका कारण हेर्न चाहेर पनि बञ्चित भएका दर्शकले पुनः हेर्ने अवसर पाउने बताए।
सँगै ‘चपली हाइट ३’ अमेरिकामा पनि प्रदर्शन हुने मिति सार्वजनिक भएको छ। फिल्म न्युयोर्कमा रहेको बम्बे थिएटरमा जुलाई १० मा प्रदर्शन हुने निर्माता अर्जुन कुमारले बताए।
स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय रहेको यो फिल्म ‘चपली हाइट’ फिल्म श्रृङ्खलाकै निरन्तरता हो। फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।