काठमाडौं– सेमिनारमा पोर्चुगल पठाउने भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बालुवाटार घर भई टोखा नगरपालिका–६ ग्राण्डी बस्दै आएका ३५ वर्षीय रोहित प्रजापति भनिने रोजित श्रेष्ठ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबर पक्राउ गरेको हो।
उनले तनहुँको बन्दिपुर घर भएका सुकमाया गुरुङलगायत ८ जनालाई सेमिनारमा पोर्चुगल पठाउने भन्दै ठगी गरेका थिए।
श्रेष्ठले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेको र आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष भएको भन्दै पोर्चुगलमा हुने संस्थाको सेमिनारमा पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।
पोर्चुगलको भिषा आयो भन्दै उनले तयार पारेको भिषा र हवार्इ टिकटसमेत नक्कली भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।