• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युट्युबका सेलेब्रिटी

64x64
नेपाल लाइभ बुधबार, असार १, २०७९  ०९:२५
1140x725

काठमाडौं– छिमेकी देश भारतमा जस्तो नेपालमा युट्युबमा करोडौं दर्शकको उपस्थिति छैन। व्यावसायिक मनोरञ्जन कम्पनी र सञ्चारमाध्यमबाहेक अपवादमा थोरै मात्रै व्यक्तिगत कन्टेन्ट क्रिएटरले नेपालबाट युट्युबमा मिलियन (१० लाख) सब्सक्राइबर्स पाएका छन्। 

तर, यसको अर्थ नेपालमा युट्युबमा व्यक्तिगत रुपमा कन्टेन्ट बनाउनेहरुको चर्चा छैन भन्ने होइन। व्यक्तिगत रुपमा कन्टेन्ट क्रियटरहरुले नेपालमा सिनेमा खेल्नेदेखि आफ्ना प्रशंसकहरुको राम्रो समूह पनि बनाएका छन्।

र्‍यापर भिटेन नेपाली युट्युबमा यस्ता कन्टेन्ट क्रियटरहरुमध्ये अग्रणी स्थानमा पर्छन्। अन्डरग्राउण्ड र्‍यापबाट मूलधारमा आएका भिटेनले सिनेमा खेल्नेदेखि फिल्मका लागि गीत गाउनेसम्म गरिसके। भिटेनले निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा अभिनय गर्ने टुंगो लागेको कुरा केही समयअघि चर्चामा आएको थियो।

युवापुस्तामाझ निकै चर्चित रहेका भिटेन विवादमा पनि आइरहन्छन्। १० लाखभन्दा धेरै सब्सक्राइबर्स रहेको उनको युट्युब च्यानल सक्रिय पनि छ। गीतहरु अपलोड हुनसाथ लाखौं भ्यूज जान्छ। 

युट्युबबाटै चर्चामा आएका र सिनेमा समेत खेल्न सफल भएका अर्का व्यक्ति हुन्, धिरज मगर। सुरुवातमा युट्युबमा विभिन्न भिडियोहरुमा प्रतिक्रिया दिएर सामग्री राख्ने धिराज एकाएक चर्चामा आए। पोखरामा जन्मिएका उनी युट्युबकै लोकप्रियताका कारण फिल्म क्षेत्रसँग पनि आवद्ध हुन पुगे। 

धिरजले रेनेशा बान्तवा राईको निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट डेब्यू गरेका थिए। उक्त फिल्ममा धिरजले गरेको अभिनयले राम्रो प्रतिक्रिया पनि पाएको थियो। चकलेटी हिरोको रुपमा देखिएका उनले प्रेमीको भूमिकामा गरेको अभिनयलाई लिएर युवा दर्शकस्रोतामाझम उनको लोकप्रियता थप विस्तार भएको थियो।

हाल धिरजको अभिनय रहेको फिल्म ‘बाबरी’ पनि प्रदर्शनको संघारमा छ। केही दिनअघि टिजर सार्वजनिक भएको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् भने धिरजको को–स्टारको रुपमा अदिती बुढाथोकीले अभिनय गरेकी छिन्। फिल्म भदौ ३१ बाट प्रदर्शनमा आउँदै छ।

नेपालमा इन्टरनेटको प्रयोग विस्तार हुनु र आम मानिसको हातमा पनि इन्टरनेट प्रयोग गर्ने साधनको उपलब्धताले पनि हाल धेरैलाई युट्युबमा स्थापित गराइरहेको छ। मुख्य गरि भ्लग, हाँस्यव्यंग्य सामग्री तथा संगीतसँग सम्बन्धित सामग्री हाल्नेहरु युट्युबमा चर्चित छन्।

nimb
nimb

यिनैमध्ये एक हुन स्वप्न सुमन। बाल्यकालबाटै सांगीतिक माहोल मन पराउने स्वप्नले आफ्नो करिअर युट्युबबाट सुरु गरेका थिए। आफैंले क्यामेरा अघि राखेर गितार बजाउँदै कर्णप्रिय गीतहरु गाउँथे। कभर गीतहरु युट्युबमा राख्थे। यी गीतहरुबाट विस्तारै चर्चामा आएका स्पप्न आफ्नो पहिलो औपचारिक गीत ‘के सारो राम्रो’ सार्वजनिक गरेपछि भने चर्चाको शिखरमा पुगे।

तन्नेरी पुस्तामा चर्चित रहेका स्वप्नले त्यसयता थुप्रै हिट गीत दिइसकेका छन् भने कैयौं ठाउँमा कन्सर्ट गरिसकेका छन्। युट्युबमा उनको आधिकारिक च्यानलमा जम्मा २३ गीत सार्वजनिक छन् भने ३ लाखभन्दा धेरै सब्सक्राइबर्स छन्। सुमनको ‘कसरी भुनुँ तिमीलाई’ बोलको गीत ५ करोड ३ लाखभन्दा धेरै पटक हेरिएको छ।

गायनबाटै युट्युबमा छाएर सेलेब्रिटी बन्नेमा अर्को नाम हो, सज्जन राज वैद्य। वैद्य युवापुस्तासँगै समग्र संगीतका स्रोताहरुमा राम्रो छाप छाड्न सफल गायक, संगीतकार तथा गीतकार हुन्। उनी आफ्ना गीत आफैं लेख्ने, संगीत भर्ने र गाउने गर्छन्। युट्युबमार्फत् आफ्नो करिअर सुरु गरेका वैद्य अहिले स्थापित गायकमध्येमा पर्छन्। 

युट्युबमा आठ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेका वैद्यको च्यानलमा जम्मा २५ गीत रहेका छन्। उनको ‘हतारिँदै बतासिँदै’ र ‘मुस्कान’ बोलका दुई गीतहरु तीन करोडभन्दा धेरै पटक हेरिएको छ। उनको च्यानलमा हालसम्म भएका भ्यूजको मात्रै कुरा गर्ने हो भने २३ करोडभन्दा धेरै पटक हेरिएको छ।

सज्जनराज वैद्य र स्वप्न सुमनजस्तै गायनमार्फत युट्युब हुँदै सेलिब्रेटीको रुपमा चर्चा कमाउन सफल अर्को नाम हो, वर्तिका यम राई। राईका गीतहरु पनि निकै चर्चित छन्। प्रायः आफूसँग सम्बन्धित कथा र व्यथालाई लिएर गीत लेख्ने वर्तिकाका गीतहरुमा व्यक्तिगत र सामाजिक सन्दर्भहरु हुन्छन्।

वर्तिकाले युट्युबबाटै करिअर सुरु गरेर आफ्नो परिचयलाई स्थापित बनाएकी छिन्। उनको लोकप्रियता प्राय: युवापुस्तामाझ छ। २ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेको वर्तिकाको च्यानलमा सबैभन्दा धेरै हेरिएको गीत ‘नजिक’ बोलको रहेको छ। उक्त गीतलाई २ करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ।

सविन कार्की विस्ट अर्का युट्युब सेलिब्रेटी हुन्। सीमित संख्यामा युट्युबमा भिडियो हाले पनि उनको लोकप्रियतामा कुनै कमी छैन।

सुरुवातमा हास्यव्यंग्य र नृत्यबाट सुरु भएको उनको युट्युब यात्रा विस्तारै विस्तारै व्यावसायिक नृत्यतर्फ बदलिएको थियो। सविनको युट्युबमा ६ लाखभन्दा धेरै सब्सक्राइबर्स छन्, जुन उनले ४२ वटा भिडियो राखेर कमाएका हुन्।

नृत्य, संगीतजस्तै भ्लगिङ पनि नेपालको युट्युब समुदायमा फैलिरहेको विधा हो। यो विधालाई अनुसरण गर्दै थुप्रैले चर्चाको शिखर चढिसकेका छन्।

यीमध्ये केही नाम पुरानै छ। र्‍यापर गिरिश खतिवडाको ‘गिरिश खतिवडा’, संगीतकार चेतन कार्कीको च्यानल ‘चेतन भ्लग्स’, सिसन बानियाँको च्यानल ‘सिसन बानियाँ’लगायत पुरानै च्यानल हुन्, जसले नेपालमा भ्लगिङको संस्कृति अहिलेजस्तो व्यापक हुनुअघि नै एकहदसम्म चर्चा कमाइसकेका थिए। गिरिशले दैनिक जीवन र धुमधामका भिडियो, चेतनले संगीतसँग सम्बन्धित भिडियो तथा सिसनले यात्राका भ्लगहरु राखेर चर्चा कमाए। उनीहरु युट्युबमा आउनुअघिको परिचयभन्दा ठूलो उनीहरुको भ्लगर परिचय बनेको छ।

भ्लगिङमा पछिल्लो समय नेपालमा चर्चामा मोटो भ्लगिङ पनि छ। जसमध्ये एमआरबी भ्लग्स चर्चाको शिखरमा छन्। आफूप्रति समर्पित प्रशंसकहरु बटुल्न सफल एमआरबी देशका विभिन्न ठाउँमा यात्रा गर्दै भिडियो बनाउँछन्। उनका यात्राहरु बाइकमा हुन्छन्। एमआरबीले युट्युबमा ८ लाखभन्दा धेरै सब्सक्राइबर्स कमाइसकेका छन्। 

मोटो भ्लगिङमा अन्य नामहरु गोरखाली राइडर, सुरक्षा केसी, शाभ्या राइड्सलगायत पनि रहेका छन्। बाइकमा यात्रा गर्दै वरिपरि र गन्तव्यस्थलसम्मको यात्रालाई क्यामेरामा कैद गर्दै युट्युबमा राखेर उनीहरुले लाखौं प्रशंसकहरु कमाइसकेका छन्।

आफूलाई सहज विषयमा भिडियो सामग्री युट्युबमा राखिरहेका यी ‘सेलिब्रेटी’हरुले दर्शक त कमाइरहेका छन्, सँगै राम्रो आम्दानी पनि गरिरहेका छन्। एकातिर युट्युबमार्फत् हुने विज्ञापनका लागि गुगल एडसेन्सले दिने रकम र अर्कातिर बाह्य विज्ञापनमार्फत् पनि उनीहरुको राम्रो आम्दानी हुन्छ। सँगै, फरक फरक विधामा फरक फरक अवसर पनि उनीहरुले पाइरहेका छन्।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोलीलाई अनुमति, थाल्यो काम शनिबार, भदौ १३, २०८३
रसुवा बाढी अपडेट: मृतकको संख्या ६२६ पुग्यो शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्