• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युट्युबका सेलेब्रिटी

64x64
नेपाल लाइभ बुधबार, असार १, २०७९  ०९:२५
1140x725

काठमाडौं– छिमेकी देश भारतमा जस्तो नेपालमा युट्युबमा करोडौं दर्शकको उपस्थिति छैन। व्यावसायिक मनोरञ्जन कम्पनी र सञ्चारमाध्यमबाहेक अपवादमा थोरै मात्रै व्यक्तिगत कन्टेन्ट क्रिएटरले नेपालबाट युट्युबमा मिलियन (१० लाख) सब्सक्राइबर्स पाएका छन्। 

तर, यसको अर्थ नेपालमा युट्युबमा व्यक्तिगत रुपमा कन्टेन्ट बनाउनेहरुको चर्चा छैन भन्ने होइन। व्यक्तिगत रुपमा कन्टेन्ट क्रियटरहरुले नेपालमा सिनेमा खेल्नेदेखि आफ्ना प्रशंसकहरुको राम्रो समूह पनि बनाएका छन्।

र्‍यापर भिटेन नेपाली युट्युबमा यस्ता कन्टेन्ट क्रियटरहरुमध्ये अग्रणी स्थानमा पर्छन्। अन्डरग्राउण्ड र्‍यापबाट मूलधारमा आएका भिटेनले सिनेमा खेल्नेदेखि फिल्मका लागि गीत गाउनेसम्म गरिसके। भिटेनले निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा अभिनय गर्ने टुंगो लागेको कुरा केही समयअघि चर्चामा आएको थियो।

युवापुस्तामाझ निकै चर्चित रहेका भिटेन विवादमा पनि आइरहन्छन्। १० लाखभन्दा धेरै सब्सक्राइबर्स रहेको उनको युट्युब च्यानल सक्रिय पनि छ। गीतहरु अपलोड हुनसाथ लाखौं भ्यूज जान्छ। 

युट्युबबाटै चर्चामा आएका र सिनेमा समेत खेल्न सफल भएका अर्का व्यक्ति हुन्, धिरज मगर। सुरुवातमा युट्युबमा विभिन्न भिडियोहरुमा प्रतिक्रिया दिएर सामग्री राख्ने धिराज एकाएक चर्चामा आए। पोखरामा जन्मिएका उनी युट्युबकै लोकप्रियताका कारण फिल्म क्षेत्रसँग पनि आवद्ध हुन पुगे। 

धिरजले रेनेशा बान्तवा राईको निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट डेब्यू गरेका थिए। उक्त फिल्ममा धिरजले गरेको अभिनयले राम्रो प्रतिक्रिया पनि पाएको थियो। चकलेटी हिरोको रुपमा देखिएका उनले प्रेमीको भूमिकामा गरेको अभिनयलाई लिएर युवा दर्शकस्रोतामाझम उनको लोकप्रियता थप विस्तार भएको थियो।

हाल धिरजको अभिनय रहेको फिल्म ‘बाबरी’ पनि प्रदर्शनको संघारमा छ। केही दिनअघि टिजर सार्वजनिक भएको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् भने धिरजको को–स्टारको रुपमा अदिती बुढाथोकीले अभिनय गरेकी छिन्। फिल्म भदौ ३१ बाट प्रदर्शनमा आउँदै छ।

नेपालमा इन्टरनेटको प्रयोग विस्तार हुनु र आम मानिसको हातमा पनि इन्टरनेट प्रयोग गर्ने साधनको उपलब्धताले पनि हाल धेरैलाई युट्युबमा स्थापित गराइरहेको छ। मुख्य गरि भ्लग, हाँस्यव्यंग्य सामग्री तथा संगीतसँग सम्बन्धित सामग्री हाल्नेहरु युट्युबमा चर्चित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यिनैमध्ये एक हुन स्वप्न सुमन। बाल्यकालबाटै सांगीतिक माहोल मन पराउने स्वप्नले आफ्नो करिअर युट्युबबाट सुरु गरेका थिए। आफैंले क्यामेरा अघि राखेर गितार बजाउँदै कर्णप्रिय गीतहरु गाउँथे। कभर गीतहरु युट्युबमा राख्थे। यी गीतहरुबाट विस्तारै चर्चामा आएका स्पप्न आफ्नो पहिलो औपचारिक गीत ‘के सारो राम्रो’ सार्वजनिक गरेपछि भने चर्चाको शिखरमा पुगे।

तन्नेरी पुस्तामा चर्चित रहेका स्वप्नले त्यसयता थुप्रै हिट गीत दिइसकेका छन् भने कैयौं ठाउँमा कन्सर्ट गरिसकेका छन्। युट्युबमा उनको आधिकारिक च्यानलमा जम्मा २३ गीत सार्वजनिक छन् भने ३ लाखभन्दा धेरै सब्सक्राइबर्स छन्। सुमनको ‘कसरी भुनुँ तिमीलाई’ बोलको गीत ५ करोड ३ लाखभन्दा धेरै पटक हेरिएको छ।

गायनबाटै युट्युबमा छाएर सेलेब्रिटी बन्नेमा अर्को नाम हो, सज्जन राज वैद्य। वैद्य युवापुस्तासँगै समग्र संगीतका स्रोताहरुमा राम्रो छाप छाड्न सफल गायक, संगीतकार तथा गीतकार हुन्। उनी आफ्ना गीत आफैं लेख्ने, संगीत भर्ने र गाउने गर्छन्। युट्युबमार्फत् आफ्नो करिअर सुरु गरेका वैद्य अहिले स्थापित गायकमध्येमा पर्छन्। 

युट्युबमा आठ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेका वैद्यको च्यानलमा जम्मा २५ गीत रहेका छन्। उनको ‘हतारिँदै बतासिँदै’ र ‘मुस्कान’ बोलका दुई गीतहरु तीन करोडभन्दा धेरै पटक हेरिएको छ। उनको च्यानलमा हालसम्म भएका भ्यूजको मात्रै कुरा गर्ने हो भने २३ करोडभन्दा धेरै पटक हेरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सज्जनराज वैद्य र स्वप्न सुमनजस्तै गायनमार्फत युट्युब हुँदै सेलिब्रेटीको रुपमा चर्चा कमाउन सफल अर्को नाम हो, वर्तिका यम राई। राईका गीतहरु पनि निकै चर्चित छन्। प्रायः आफूसँग सम्बन्धित कथा र व्यथालाई लिएर गीत लेख्ने वर्तिकाका गीतहरुमा व्यक्तिगत र सामाजिक सन्दर्भहरु हुन्छन्।

वर्तिकाले युट्युबबाटै करिअर सुरु गरेर आफ्नो परिचयलाई स्थापित बनाएकी छिन्। उनको लोकप्रियता प्राय: युवापुस्तामाझ छ। २ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेको वर्तिकाको च्यानलमा सबैभन्दा धेरै हेरिएको गीत ‘नजिक’ बोलको रहेको छ। उक्त गीतलाई २ करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ।

सविन कार्की विस्ट अर्का युट्युब सेलिब्रेटी हुन्। सीमित संख्यामा युट्युबमा भिडियो हाले पनि उनको लोकप्रियतामा कुनै कमी छैन।

सुरुवातमा हास्यव्यंग्य र नृत्यबाट सुरु भएको उनको युट्युब यात्रा विस्तारै विस्तारै व्यावसायिक नृत्यतर्फ बदलिएको थियो। सविनको युट्युबमा ६ लाखभन्दा धेरै सब्सक्राइबर्स छन्, जुन उनले ४२ वटा भिडियो राखेर कमाएका हुन्।

नृत्य, संगीतजस्तै भ्लगिङ पनि नेपालको युट्युब समुदायमा फैलिरहेको विधा हो। यो विधालाई अनुसरण गर्दै थुप्रैले चर्चाको शिखर चढिसकेका छन्।

यीमध्ये केही नाम पुरानै छ। र्‍यापर गिरिश खतिवडाको ‘गिरिश खतिवडा’, संगीतकार चेतन कार्कीको च्यानल ‘चेतन भ्लग्स’, सिसन बानियाँको च्यानल ‘सिसन बानियाँ’लगायत पुरानै च्यानल हुन्, जसले नेपालमा भ्लगिङको संस्कृति अहिलेजस्तो व्यापक हुनुअघि नै एकहदसम्म चर्चा कमाइसकेका थिए। गिरिशले दैनिक जीवन र धुमधामका भिडियो, चेतनले संगीतसँग सम्बन्धित भिडियो तथा सिसनले यात्राका भ्लगहरु राखेर चर्चा कमाए। उनीहरु युट्युबमा आउनुअघिको परिचयभन्दा ठूलो उनीहरुको भ्लगर परिचय बनेको छ।

भ्लगिङमा पछिल्लो समय नेपालमा चर्चामा मोटो भ्लगिङ पनि छ। जसमध्ये एमआरबी भ्लग्स चर्चाको शिखरमा छन्। आफूप्रति समर्पित प्रशंसकहरु बटुल्न सफल एमआरबी देशका विभिन्न ठाउँमा यात्रा गर्दै भिडियो बनाउँछन्। उनका यात्राहरु बाइकमा हुन्छन्। एमआरबीले युट्युबमा ८ लाखभन्दा धेरै सब्सक्राइबर्स कमाइसकेका छन्। 

मोटो भ्लगिङमा अन्य नामहरु गोरखाली राइडर, सुरक्षा केसी, शाभ्या राइड्सलगायत पनि रहेका छन्। बाइकमा यात्रा गर्दै वरिपरि र गन्तव्यस्थलसम्मको यात्रालाई क्यामेरामा कैद गर्दै युट्युबमा राखेर उनीहरुले लाखौं प्रशंसकहरु कमाइसकेका छन्।

आफूलाई सहज विषयमा भिडियो सामग्री युट्युबमा राखिरहेका यी ‘सेलिब्रेटी’हरुले दर्शक त कमाइरहेका छन्, सँगै राम्रो आम्दानी पनि गरिरहेका छन्। एकातिर युट्युबमार्फत् हुने विज्ञापनका लागि गुगल एडसेन्सले दिने रकम र अर्कातिर बाह्य विज्ञापनमार्फत् पनि उनीहरुको राम्रो आम्दानी हुन्छ। सँगै, फरक फरक विधामा फरक फरक अवसर पनि उनीहरुले पाइरहेका छन्।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्