काठमाडौं–र्यापर सुदीप भण्डारी (जी–बब), उनका परिवार र सुधार गृहबीच तीन बुँदे सहमति भएको छ। काठमाडौं प्रहरी परिसरमा उनीहरुबीच सोमबार साँझ सहमति भएको हो।
सहमतिअनुसार जी–बबको इच्छाअनुसार नै उनलाई हाल समर्पण समाज नेपालको कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह राख्ने, केही समयका लागि उनले चाहेको समयमा आमाबुबालाई भेट गराउने व्यवस्था सुधार गृहले मिलाउने र कुनै कार्यक्रममा भाग लिनुपरेमा आमाबुबाको सहमति लिनुपर्नेछ।
आफ्नो स्वतन्त्रता हनन गरेको भन्दै आमाबुबाविरुद्ध जिल्ला प्रशासुन कार्यालयमा उजुरी दिएपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।