काठमाडौं–गृह मन्त्रालयले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू गरिएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ को बैठकले दुई दिन बिदाको निर्णय खारेज गरेको थियो।
मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना प्रकाशित गर्दै असार १ गतेदेखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म नेपालका सबै सरकारी कार्यालयमा आइतबारदेखि बिहीबारसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने जनाएको छ।
यस्तै, कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि ४ बजेसम्म र शुक्रबारको दिन बिहान १० देखि ३ बजेसम्म कार्यालय समय हुने गृह मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।