सांकेतिक तस्बिर
डडेल्धुरा–डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृत फेला परेका छन्। आलिताल–५ भावरका धनबहादुर विककी श्रीमती पशुपति विक र धनबहादुर सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
आलिताल ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
उनका अनुसार घटनास्थल वडा नम्बरमा पर्दछ। घटनाबारे बुझ्न आफू घटनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घटनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए।
जिल्लाबाट प्रहरी नायब उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको उनले बताए। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।