काठमाडाैं–एमालेका पूर्वसांसद भद्रबहादुर थापाको निधन भएको छ। उनको शनिबार बिहान पाल्पाको रामपुर १० स्थित आफ्नै निवासमा निधन भएको हो। थापा लामो समयदेखि मुटुको रोगबाट ग्रसित थिए।
उनी पाल्पा क्षेत्र नम्बर १ का पूर्व सांसद थिए। २०५६ सालको आम निर्वाचनमा पाल्पा १ मा नेकपा मालेका उम्मेदवार दलबहादुर रानालाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य थिए।
एमाले नेता प्रदीप ज्ञवालीले थापाको निधनमा दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘तपाईंको भद्र व्यक्तित्व, निष्ठापूर्ण छवि र २०५६–६४ को अवधिमा प्रतिनिधिसभा/व्यवस्थापिका संसदमा सँगै बिताएका पलहरू सधै याद रहने छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।