• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका आईजीको ‘पावर प्ले’: भाषणमा 'रामराज्य', काममा 'हुक्के चिलिमे'!

64x64
नारायण अधिकारी आइतबार, जेठ २९, २०७९  १८:२०
1140x725

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) लगाएपछि गत वैशाख १९ गते गृह मन्त्रालयमा राजु अर्यालले आफ्नो पहिलो प्रतिबद्धता सुनाए– संगठनमा नीतिगत सुधार। नीतिगत सुधार भित्रकै योजना सुनाउँदै उनले भने, ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु।’

सरुवा बढुवा न्यायोचित बनाउने उद्घोष गरेको दुई दिनपछि वैशाख २१ गते नै अर्यालको अग्नीपरीक्षा सुरु भयो। रिक्त दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दीमा १ एआईजी पद खाली राखेर नारायणदत्त पौडेललाई मात्रै एआईजी बढुवाका लागि सिफारिस गर्ने निर्णयमा बिना अडान अर्यालले ‘लालमोहर’ लगाइदिए। बढुवा समितिको सदस्यसचिव समेत रहेका अर्यालकै हस्ताक्षरमा पौडेलको बढुवा हुँदा उनकै ब्याची सिपी (चन्द्रप्रकाश) गौतम पद रिक्त हुँदा पनि डीआईजीमै रहे।

‘भलै गौतमको बढुवा केही समयपछि त भयो। तर, दरबन्दी नै रिक्त हुँदा एकल बढुवा गर्नु र त्यसमा बिना अडान आईजीले लालमोहर लाउनु, विषय सामान्य लागे पनि यो गलत अभ्यास हो। यस्तो गलत अभ्यास भोलि क्यान्सर बन्यो भने संगठन कहाँ पुग्ला ?’ सशस्त्र प्रहरी बलका एक पूर्व एआईजीको प्रश्न छ।

जसरी क्रिकेट खेलमा सुरुवाती ‘पावर प्ले’ ओभरमा सम्हालिँदै आक्रमक ब्याटिङ इनिङको सुरुवात हुन्छ, ठिक त्यस्तै सम्हालिएको प्रदर्शन आईजी अर्यालबाट पनि हुने अपेक्षा उनकै संगठनका सदस्यले गरेका थिए। यसको संकेत आईजी भएपछि अर्यालले समेत दिए। उनले नीतिगत सुधार भन्दै १० निर्णय पनि गरे। सशस्त्र प्रहरी कर्मचारीका सेवासुविधादेखि सरुवा हुँदा बोक्नुपर्ने झिटीगुन्टा, मिसनमा सहभागिता, शिशु स्याहार केन्द्र स्थापनासम्मका योजना सार्वजनिक गरे। 

तर, अर्यालयका आकर्षक यी योजनालाई ओझेल पार्नेगरी केही काम संगठनमा हुन थाले। ती कामहरुलाई लक्षित गर्दै पूर्वगृहमन्त्री तथा एमाले नेता खगराज अधिकारीले त सशस्त्रमा 'हुक्के चिलिमेहरुको बोलवाला' रहेकोसम्म भन्न भ्याए। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पूर्वगृहमन्त्री अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा भित्रसम्मै छिरे भन्दैमा। कोही हुक्के चिलिमे, बैठकेको नातेदार भयो भन्दैमा एकाएक निकालेको बढुवाको सूचना स्थगित हुन्छ।’

यो पनि पढ्नुहोस्

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवाआइतबार, असोज ३१, २०७८

पूर्वगृहमन्त्री अधिकारीले भनेजस्तै सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सूचना निकाल्ने र गायव पार्नेसम्म काम गरेको थियो। जेठ ९ गते रिक्त रहेका केही एसएसपी पदको लागि बढुवा गर्नुपर्ने भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले समेत सूचना निकालेका थिए। 

उक्त सूचना सशस्त्र प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलले आफ्नो वेबसाइटमा समेत राखेका थिए। सूचना राखेको राति नै सशस्त्रले आफ्नो वेबसाइटबाट हटायो भने गृहले पनि भोलिपल्ट उक्त सूचना हटायो। ‘व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु’ भन्ने आईजीको उद्घोषलाई सूचना राख्नु र हटाउने घटनाले गिज्यायो।

सशस्त्र स्रोतका अनुसार एसएसपी दीपेन्द्र कुँवर नै बढुवामा नपर्ने भएपछि सूचना रातारात हटाइएको हो। सशस्त्रमा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा २६ जनाको दरबन्दी छ। अहिले संगठनमा १ जना मात्रै पूर्ण एसएसपी छन्। अरु सबै कामु एसएसपी छन्। 

Ncell 2
Ncell 2

सशस्त्र प्रहरी नियमावलीको नियम ३७ अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दर्जामा ४ वर्ष सेवा गरेको नभए पनि एसएसपीको दरबन्दी रिक्त रहे कामु बनाएर बनाउन सकिने प्रावधान छ। यसरी कामु दिइएका व्यक्ति एसपीमा बढुवा भएको मितिले चार वर्ष पुगेपछि एसएसपीमा बढुवाका लागि योग्य ठहरिन्छन् त्यसपछि पुनः सूचना निकालेर आवेदन लिएर कार्यसम्पादन मूल्यांकनको आधारमा एसएसपीमा बढुवा भएको जानकारी गराउनुपर्ने हुन्छ। 

यसरी कामु एसएसपीबाट 'पूर्ण' एसएसपी हुने लाइनमा ९ जना रहेकामा रमेशकुमार थक्सु, प्रेमध्वज शाह, गाहार धन राई र सोमबहादुर गुरुङ गरी ४ जना अवकाशमा गइसकेका छन्। बाँकी सुरेश श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनी पोखरेलकाे गत वैशाख २६ गते नै एसपी भएको ४ वर्ष पुगेकाले उनीहरुलाई कामुबाट एसएसपीबाट एसएसपी बनाउने बाटो खुल्ला भइसकेको थियो। सोही अनुसार उनीहरुलाई एसएसपी बनाउने गरी निकालिएको सूचना कामु एसएसपी कुँवरकै कारण हटाउनेसम्मका खेल सशस्त्रमा भए। 

कुँवरसहितका केही व्यक्ति एसपी भएको आउँदो चैतको अन्तिम साता मात्रै ४ वर्ष पूरा हुन्छ। त्यतिन्जेल कामुबाट एसएसपी हुन नमिल्ने भएपछि एउटा व्यक्तिकै कारण निकालिएको बढुवा सूचना पनि एकाएक गायव बनाइएको थियो। 

बढुवाका लागि निकालेको सूचना समेत गायव पार्ने कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका नातेदार (बहिनी ज्वाइँ) हुन्। कुँवर तिनै व्यक्ति हुन् जसका कारण यसअघि पनि सशस्त्रको बढुवा प्रक्रिया प्रभावित भइसकेको छ। 

यो पनि पढ्नुहोस्

बालुवाटारदेखि गृहसम्मको प्रहरीमा ‘मोलाहिजा’ : नातेदार छुट्ने भएपछि बढुवा रोक्नेदेखि काजको चरम दुरुपयोगसम्मबुधबार, कात्तिक १०, २०७८

उनैको दबाबमा सूचना नै गायव पारिएपछि पूर्वगृहमन्त्री अधिकारीले संसदमा भनेका थिए, ‘प्रधानमन्त्रीज्युको छेउमै बसेकाको आफन्त पर्ने। उहाँलाई तान्नलाई निकालिएको सूचना स्थगित गरिएको छ। यसमा गृहमन्त्रीज्यु सायद सहमत हुनुहुन्न कि ? गृह मन्त्रालय अथवा उहाँहरु पनि आफैं सूचना प्रकाशित गर्ने ठाउँमा हुनुहुन्छ कि हुनुहुन्न? तर, धेरै जुनियरलाई तान्नुपर्ने भएकाले एकाएक वेवसाइडबाट सूचना हटाइएको छ। यसरी गृह प्रशासन कसरी चल्छ?’

यसरी एक व्यक्तिकै कारण निकालिएको सूचना समेत हटाउनुका कारणबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले औपचारिक रुपमा केही बोलेको छैन। यसबारे चासो राख्दा एआईजी बढुवाको सूचना निकाल्नु पर्नेमा गलतवश एसएसपीको सूचना निस्कन पुगेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयका अधिकारीहरु पन्छिने गरेका छन्। 'व्यक्ति नभइ नीतिले संगठन चलाउँछु' भन्ने उद्घोष गरेका आईजी भने एक व्यक्तिकै कारण निकालिएको सूचना समेत हटाउने अवस्थामा पुगेका थिए।

उता सरुवालाई न्यायोचित बनाउन मापदण्ड बनाएर लागु गर्ने बताएका आईजी अर्यालले नै सशस्त्र प्रहरी निमायलीले समेत सामान्यतया काजमा नखटाइने भनि उल्लेख गरेको विषयलाई भुलेर धमाधम काज निकालेर कर्मचारीहरुको सरुवा गरिरहेका छन्। 

आईजी अर्यालको निर्देशनमा एसपी बीरसिंह साहुको नम्बर ३६ हेडक्वार्टर डोटी, समिक कुमार महर्जनलाई कल्याणकारी सेवा केन्द्र र एपीएफ अस्पतालमा कार्यरत पूर्णबहादुर साउदलाई नम्बर २० गण काठमाडौंमा काज सरुवा गरिएको छ। 

यो पनि पढ्नुहोस्

ओली सरकारमा 'भकुण्डो बनाइएको' सशस्त्र: रित्तो बन्दुक दिएर पड्काउन लगाइयोबिहीबार, साउन २१, २०७८

अन्य आकर्षक ठाउँहरुमा समेत अर्यालयले धमाधम काज निकालेर आफू निकटका व्यक्तिलाई जिम्मेवारी सुम्पिरहेका छन्। इन्सपेक्टर हुँदा माओवादीका केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) बसेका गुन्जप्रसाद मल्लको सचिवालयमा काज सरुवा गरिएको छ। 

भर्ना छनौटमा डीएसपी तिलक खड्का, एपीएफ स्कूल कोहलपुरमा डीएसपी लक्ष्मी थपलिया, एपीएफ स्कूल कोहलपुरमा विकासभक्त श्रेष्ठको काज सरुवा भएको छ। इन्सपेक्टर लक्ष्मण जोशीको सशस्त्र मुख्यालयमा रहेको पेट्रोल पम्पमा काज सरुवा गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ... आइतबार, मंसिर २८, २०८२
कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष... आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ। शनिबार, मंसिर २७, २०८२
ताजा समाचारसबै
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... बिहीबार, पुस ३, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
साढे १० बजेभित्र रिजल्ट आउट गर्छौं : एमाले निर्वाचन आयोग प्रवक्ता पोखरेल बिहीबार, पुस ३, २०८२
सकियो एमालेको मतदान, सकियो एमालेको मतदान बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्