• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका आईजीको ‘पावर प्ले’: भाषणमा 'रामराज्य', काममा 'हुक्के चिलिमे'!

64x64
नारायण अधिकारी आइतबार, जेठ २९, २०७९  १८:२०
1140x725

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) लगाएपछि गत वैशाख १९ गते गृह मन्त्रालयमा राजु अर्यालले आफ्नो पहिलो प्रतिबद्धता सुनाए– संगठनमा नीतिगत सुधार। नीतिगत सुधार भित्रकै योजना सुनाउँदै उनले भने, ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु।’

सरुवा बढुवा न्यायोचित बनाउने उद्घोष गरेको दुई दिनपछि वैशाख २१ गते नै अर्यालको अग्नीपरीक्षा सुरु भयो। रिक्त दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दीमा १ एआईजी पद खाली राखेर नारायणदत्त पौडेललाई मात्रै एआईजी बढुवाका लागि सिफारिस गर्ने निर्णयमा बिना अडान अर्यालले ‘लालमोहर’ लगाइदिए। बढुवा समितिको सदस्यसचिव समेत रहेका अर्यालकै हस्ताक्षरमा पौडेलको बढुवा हुँदा उनकै ब्याची सिपी (चन्द्रप्रकाश) गौतम पद रिक्त हुँदा पनि डीआईजीमै रहे।

‘भलै गौतमको बढुवा केही समयपछि त भयो। तर, दरबन्दी नै रिक्त हुँदा एकल बढुवा गर्नु र त्यसमा बिना अडान आईजीले लालमोहर लाउनु, विषय सामान्य लागे पनि यो गलत अभ्यास हो। यस्तो गलत अभ्यास भोलि क्यान्सर बन्यो भने संगठन कहाँ पुग्ला ?’ सशस्त्र प्रहरी बलका एक पूर्व एआईजीको प्रश्न छ।

जसरी क्रिकेट खेलमा सुरुवाती ‘पावर प्ले’ ओभरमा सम्हालिँदै आक्रमक ब्याटिङ इनिङको सुरुवात हुन्छ, ठिक त्यस्तै सम्हालिएको प्रदर्शन आईजी अर्यालबाट पनि हुने अपेक्षा उनकै संगठनका सदस्यले गरेका थिए। यसको संकेत आईजी भएपछि अर्यालले समेत दिए। उनले नीतिगत सुधार भन्दै १० निर्णय पनि गरे। सशस्त्र प्रहरी कर्मचारीका सेवासुविधादेखि सरुवा हुँदा बोक्नुपर्ने झिटीगुन्टा, मिसनमा सहभागिता, शिशु स्याहार केन्द्र स्थापनासम्मका योजना सार्वजनिक गरे। 

तर, अर्यालयका आकर्षक यी योजनालाई ओझेल पार्नेगरी केही काम संगठनमा हुन थाले। ती कामहरुलाई लक्षित गर्दै पूर्वगृहमन्त्री तथा एमाले नेता खगराज अधिकारीले त सशस्त्रमा 'हुक्के चिलिमेहरुको बोलवाला' रहेकोसम्म भन्न भ्याए। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पूर्वगृहमन्त्री अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा भित्रसम्मै छिरे भन्दैमा। कोही हुक्के चिलिमे, बैठकेको नातेदार भयो भन्दैमा एकाएक निकालेको बढुवाको सूचना स्थगित हुन्छ।’

यो पनि पढ्नुहोस्

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवाआइतबार, असोज ३१, २०७८

पूर्वगृहमन्त्री अधिकारीले भनेजस्तै सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सूचना निकाल्ने र गायव पार्नेसम्म काम गरेको थियो। जेठ ९ गते रिक्त रहेका केही एसएसपी पदको लागि बढुवा गर्नुपर्ने भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले समेत सूचना निकालेका थिए। 

उक्त सूचना सशस्त्र प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलले आफ्नो वेबसाइटमा समेत राखेका थिए। सूचना राखेको राति नै सशस्त्रले आफ्नो वेबसाइटबाट हटायो भने गृहले पनि भोलिपल्ट उक्त सूचना हटायो। ‘व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु’ भन्ने आईजीको उद्घोषलाई सूचना राख्नु र हटाउने घटनाले गिज्यायो।

सशस्त्र स्रोतका अनुसार एसएसपी दीपेन्द्र कुँवर नै बढुवामा नपर्ने भएपछि सूचना रातारात हटाइएको हो। सशस्त्रमा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा २६ जनाको दरबन्दी छ। अहिले संगठनमा १ जना मात्रै पूर्ण एसएसपी छन्। अरु सबै कामु एसएसपी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र प्रहरी नियमावलीको नियम ३७ अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दर्जामा ४ वर्ष सेवा गरेको नभए पनि एसएसपीको दरबन्दी रिक्त रहे कामु बनाएर बनाउन सकिने प्रावधान छ। यसरी कामु दिइएका व्यक्ति एसपीमा बढुवा भएको मितिले चार वर्ष पुगेपछि एसएसपीमा बढुवाका लागि योग्य ठहरिन्छन् त्यसपछि पुनः सूचना निकालेर आवेदन लिएर कार्यसम्पादन मूल्यांकनको आधारमा एसएसपीमा बढुवा भएको जानकारी गराउनुपर्ने हुन्छ। 

यसरी कामु एसएसपीबाट 'पूर्ण' एसएसपी हुने लाइनमा ९ जना रहेकामा रमेशकुमार थक्सु, प्रेमध्वज शाह, गाहार धन राई र सोमबहादुर गुरुङ गरी ४ जना अवकाशमा गइसकेका छन्। बाँकी सुरेश श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनी पोखरेलकाे गत वैशाख २६ गते नै एसपी भएको ४ वर्ष पुगेकाले उनीहरुलाई कामुबाट एसएसपीबाट एसएसपी बनाउने बाटो खुल्ला भइसकेको थियो। सोही अनुसार उनीहरुलाई एसएसपी बनाउने गरी निकालिएको सूचना कामु एसएसपी कुँवरकै कारण हटाउनेसम्मका खेल सशस्त्रमा भए। 

कुँवरसहितका केही व्यक्ति एसपी भएको आउँदो चैतको अन्तिम साता मात्रै ४ वर्ष पूरा हुन्छ। त्यतिन्जेल कामुबाट एसएसपी हुन नमिल्ने भएपछि एउटा व्यक्तिकै कारण निकालिएको बढुवा सूचना पनि एकाएक गायव बनाइएको थियो। 

बढुवाका लागि निकालेको सूचना समेत गायव पार्ने कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका नातेदार (बहिनी ज्वाइँ) हुन्। कुँवर तिनै व्यक्ति हुन् जसका कारण यसअघि पनि सशस्त्रको बढुवा प्रक्रिया प्रभावित भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

बालुवाटारदेखि गृहसम्मको प्रहरीमा ‘मोलाहिजा’ : नातेदार छुट्ने भएपछि बढुवा रोक्नेदेखि काजको चरम दुरुपयोगसम्मबुधबार, कात्तिक १०, २०७८

उनैको दबाबमा सूचना नै गायव पारिएपछि पूर्वगृहमन्त्री अधिकारीले संसदमा भनेका थिए, ‘प्रधानमन्त्रीज्युको छेउमै बसेकाको आफन्त पर्ने। उहाँलाई तान्नलाई निकालिएको सूचना स्थगित गरिएको छ। यसमा गृहमन्त्रीज्यु सायद सहमत हुनुहुन्न कि ? गृह मन्त्रालय अथवा उहाँहरु पनि आफैं सूचना प्रकाशित गर्ने ठाउँमा हुनुहुन्छ कि हुनुहुन्न? तर, धेरै जुनियरलाई तान्नुपर्ने भएकाले एकाएक वेवसाइडबाट सूचना हटाइएको छ। यसरी गृह प्रशासन कसरी चल्छ?’

यसरी एक व्यक्तिकै कारण निकालिएको सूचना समेत हटाउनुका कारणबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले औपचारिक रुपमा केही बोलेको छैन। यसबारे चासो राख्दा एआईजी बढुवाको सूचना निकाल्नु पर्नेमा गलतवश एसएसपीको सूचना निस्कन पुगेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयका अधिकारीहरु पन्छिने गरेका छन्। 'व्यक्ति नभइ नीतिले संगठन चलाउँछु' भन्ने उद्घोष गरेका आईजी भने एक व्यक्तिकै कारण निकालिएको सूचना समेत हटाउने अवस्थामा पुगेका थिए।

उता सरुवालाई न्यायोचित बनाउन मापदण्ड बनाएर लागु गर्ने बताएका आईजी अर्यालले नै सशस्त्र प्रहरी निमायलीले समेत सामान्यतया काजमा नखटाइने भनि उल्लेख गरेको विषयलाई भुलेर धमाधम काज निकालेर कर्मचारीहरुको सरुवा गरिरहेका छन्। 

आईजी अर्यालको निर्देशनमा एसपी बीरसिंह साहुको नम्बर ३६ हेडक्वार्टर डोटी, समिक कुमार महर्जनलाई कल्याणकारी सेवा केन्द्र र एपीएफ अस्पतालमा कार्यरत पूर्णबहादुर साउदलाई नम्बर २० गण काठमाडौंमा काज सरुवा गरिएको छ। 

यो पनि पढ्नुहोस्

ओली सरकारमा 'भकुण्डो बनाइएको' सशस्त्र: रित्तो बन्दुक दिएर पड्काउन लगाइयोबिहीबार, साउन २१, २०७८

अन्य आकर्षक ठाउँहरुमा समेत अर्यालयले धमाधम काज निकालेर आफू निकटका व्यक्तिलाई जिम्मेवारी सुम्पिरहेका छन्। इन्सपेक्टर हुँदा माओवादीका केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) बसेका गुन्जप्रसाद मल्लको सचिवालयमा काज सरुवा गरिएको छ। 

भर्ना छनौटमा डीएसपी तिलक खड्का, एपीएफ स्कूल कोहलपुरमा डीएसपी लक्ष्मी थपलिया, एपीएफ स्कूल कोहलपुरमा विकासभक्त श्रेष्ठको काज सरुवा भएको छ। इन्सपेक्टर लक्ष्मण जोशीको सशस्त्र मुख्यालयमा रहेको पेट्रोल पम्पमा काज सरुवा गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्