• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवा

64x64
नेपाल लाइभ आइतबार, असोज ३१, २०७८  ०९:३५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको आठ महिना भयो, तर बढुवा हुन सकेको छैन। वरियतामा पछि रहेकाहरुको ‘पावर’ले बढुवा रोकिएको सशस्त्र प्रहरी स्रोत बताउँछ। 

गत माघदेखि सशस्त्रमा आठ एसएसपी पद रिक्त छ। त्यसैगरी, गत साउनमा एसएसपी कालिदास धौबजी र अर्का एसएसपी कुमार न्यौपाने सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै १० एसएसपीको दरबन्दी रिक्त छ। दरबन्दी रिक्त भएको लामो समय बितिसक्दा समेत अहिलेसम्म गृह मन्त्रालयले एसएसपीमा बढुवा गर्न सकेको छैन।

करिब ६ महिनादेखि रोकिएको प्रहरीका सईको बढुवा गृहमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बालकृष्ण खाणले फुकाएका थिए। तर, सशस्त्रमा भने एसएसपीको दरबन्दी रिक्त भएको ८ महिना बित्दा समेत मन्त्री खाणले बढुवाको गाँठो फुकाएका छैनन्। 

सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ४० मा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तहमुनिको पदमा चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ। अहिले एसपीबाट एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरू दफा ४० अनुसार अयोग्ग ठहरिन्छन्। उनीहरू सबै २०७५ चैत ५ गते एसपीबाट एसएसपी बढुवा भएकाले उनीहरू बढुवा भएको चार वर्ष पुग्दैन। 

तर, सशस्त्र प्रहरी नियमावलीकै दफा ३७ अनुसार भने उनीहरू बढुवाका लागि योग्य ठहरिन्छन्। सशस्त्र प्रहरी नियमावलीको दफा ३७ मा कायम मुकायम सम्बन्धी उल्लेख गरिएको छ। 

दफा ३७ को उपदफा ३ को २ मा सेवा अवधिको आधारमा बढुवाको योग्यता नभएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत कायम मुकायम मुकरर गर्न सकिने उल्लेख छ। जसअनुसार एसपी भएको ४ वर्ष नपुगे पनि हालका प्रतिस्पर्धी एसपीहरू एसएसपी बढुवाका लागि योग्य ठहरिन्छन्। नियमावलीमै भएको उही व्यवस्था अनुसार सरकारले यसअघि पनि कायम मुकायम मुकरर गर्दै आएको पनि छ। 

कायममुकायम मुकरर गर्ने बाटो खुल्लै रहेपनि नियमावलीमै रहेको एक दफाका कारण कायम मुकायम मुकररका लागि बाधा भइरहेको सशस्त्र स्रोत बताउँछ। सशस्त्रका एक उच्च अधिकारीले भने, ‘कायम मुकायम मुकरर गर्दा अन्य बढुवा जस्तो सिनियर मिच्न पाइदैन। रोलक्रम अनुसार पहिलोबाट कायम मुकायम मुकरर गर्दै जानुपर्छ। तर, यसो गर्दा पहुँच भएकाहरू छुट्ने भएकाले ८ महिनासम्म बढुवा रोकिएको हो।’

नियमावलीको दफा ३७ को उपदफा २ मा कायम मुकायम मुकरर गर्दा एकतह मुनिको सबैभन्दा जेष्ठ सशस्त्र प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2

हाल रिक्त रहेका १० एसएसपीमा कायममुकायमबाट बढुवा गर्नुपर्ने हुन्छ। कायममुकायम एसएसपी बढुवाका लागि एसपीहरू प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाल तिउँसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेती, गंगाराम श्रेष्ठलगायत दाबेदार छन्। 

कायममुकामय एसएसपी बनाउँदा वरिष्ठता मिच्न नपाइने व्यवस्था भएकाले प्रतिस्पर्धी धेरै र रिक्त १० दरबन्दीमात्रै रहेकाले बढुवा हुन नसकेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन्।

रिक्त १० एसएसपीको दरबन्दीमा कायममुकायमबाट बढुवा गरिँदा ११औं स्थानमा रहेका दीपेन्द्र कुँवरको बढुवा हुने अवस्था रहँदैन। उनी शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं नाता पर्छन्। अहिले रहेका रिक्त १० एसएसपीमा कायममुकायम बनाउँदा आफू छुट्ने भएकाले शक्तिकेन्द्रमार्फत् उनले दबाब दिएर बढुवा रोकिदिएको जानकारहरू बताउँछन्। शक्तिकेन्द्र निकट मानिएका उनै कुँवरले पहुँचको भरमा यसपटक संविधान दिवसको अवसरमा पदक समेत हात पारेका छन्। 

रोलक्रम १० भन्दा पछि रहेका सबै एसपीहरू तत्कालै बढुवा नहोस् भन्ने पक्षमा लविङमा छन्। जसकारण पनि रिक्त भएको ८ महिना बितिसक्दा समेत बढुवाले गति लिन सकेको छैन। 

सशस्त्र हेडक्वार्टर स्रोत भन्छ, ‘अघिल्लो सरकारका पालामा शक्तिकेन्द्र निकटका छुट्ने भएकाले कामयमुकामय बनाइएन। अहिलेको सरकारको पालामा पनि कायममुकामय बनाउँदा शक्तिकेन्द्रनिकटका छुट्ने भएकाले बढुवा अघि बढेन।’

आठ महिनासम्म एसएसपी रिक्त हुँदा सशस्त्रका थुप्रै कार्यालयहरू निमित्तको भरमा चलेका छन्। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सशस्त्र प्रहरीबाट एसएसपीले प्रतिनिधित्व गर्ने भएपनि अहिले सो ठाउँमा एसएसपी पठाउन सकिएको छैन। त्यसैगरी, हेडक्वार्टरमा इन्टेलिजेन्स ब्यूरो, ५ नम्बर बाहिनी, ६ नम्बर बाहिनीलगायत एसएसपीविहीन छन्।

एसएसपी नहुँदा ५ र ६ नम्बर बाहिनीका सिपाही समेत राजीनामा स्वीकृत गराउन अन्यत्र जानुपर्ने अवस्था छ। एसएसपी नहुँदा दैनिक कामकारबाहीमा समेत असर परिरहेकोबारे गृह मन्त्रालय बेपर्वाह देखिन्छ।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्