• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवा

64x64
नेपाल लाइभ आइतबार, असोज ३१, २०७८  ०९:३५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको आठ महिना भयो, तर बढुवा हुन सकेको छैन। वरियतामा पछि रहेकाहरुको ‘पावर’ले बढुवा रोकिएको सशस्त्र प्रहरी स्रोत बताउँछ। 

गत माघदेखि सशस्त्रमा आठ एसएसपी पद रिक्त छ। त्यसैगरी, गत साउनमा एसएसपी कालिदास धौबजी र अर्का एसएसपी कुमार न्यौपाने सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै १० एसएसपीको दरबन्दी रिक्त छ। दरबन्दी रिक्त भएको लामो समय बितिसक्दा समेत अहिलेसम्म गृह मन्त्रालयले एसएसपीमा बढुवा गर्न सकेको छैन।

करिब ६ महिनादेखि रोकिएको प्रहरीका सईको बढुवा गृहमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बालकृष्ण खाणले फुकाएका थिए। तर, सशस्त्रमा भने एसएसपीको दरबन्दी रिक्त भएको ८ महिना बित्दा समेत मन्त्री खाणले बढुवाको गाँठो फुकाएका छैनन्। 

सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ४० मा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तहमुनिको पदमा चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ। अहिले एसपीबाट एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरू दफा ४० अनुसार अयोग्ग ठहरिन्छन्। उनीहरू सबै २०७५ चैत ५ गते एसपीबाट एसएसपी बढुवा भएकाले उनीहरू बढुवा भएको चार वर्ष पुग्दैन। 

तर, सशस्त्र प्रहरी नियमावलीकै दफा ३७ अनुसार भने उनीहरू बढुवाका लागि योग्य ठहरिन्छन्। सशस्त्र प्रहरी नियमावलीको दफा ३७ मा कायम मुकायम सम्बन्धी उल्लेख गरिएको छ। 

दफा ३७ को उपदफा ३ को २ मा सेवा अवधिको आधारमा बढुवाको योग्यता नभएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत कायम मुकायम मुकरर गर्न सकिने उल्लेख छ। जसअनुसार एसपी भएको ४ वर्ष नपुगे पनि हालका प्रतिस्पर्धी एसपीहरू एसएसपी बढुवाका लागि योग्य ठहरिन्छन्। नियमावलीमै भएको उही व्यवस्था अनुसार सरकारले यसअघि पनि कायम मुकायम मुकरर गर्दै आएको पनि छ। 

कायममुकायम मुकरर गर्ने बाटो खुल्लै रहेपनि नियमावलीमै रहेको एक दफाका कारण कायम मुकायम मुकररका लागि बाधा भइरहेको सशस्त्र स्रोत बताउँछ। सशस्त्रका एक उच्च अधिकारीले भने, ‘कायम मुकायम मुकरर गर्दा अन्य बढुवा जस्तो सिनियर मिच्न पाइदैन। रोलक्रम अनुसार पहिलोबाट कायम मुकायम मुकरर गर्दै जानुपर्छ। तर, यसो गर्दा पहुँच भएकाहरू छुट्ने भएकाले ८ महिनासम्म बढुवा रोकिएको हो।’

नियमावलीको दफा ३७ को उपदफा २ मा कायम मुकायम मुकरर गर्दा एकतह मुनिको सबैभन्दा जेष्ठ सशस्त्र प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल रिक्त रहेका १० एसएसपीमा कायममुकायमबाट बढुवा गर्नुपर्ने हुन्छ। कायममुकायम एसएसपी बढुवाका लागि एसपीहरू प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाल तिउँसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेती, गंगाराम श्रेष्ठलगायत दाबेदार छन्। 

कायममुकामय एसएसपी बनाउँदा वरिष्ठता मिच्न नपाइने व्यवस्था भएकाले प्रतिस्पर्धी धेरै र रिक्त १० दरबन्दीमात्रै रहेकाले बढुवा हुन नसकेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन्।

रिक्त १० एसएसपीको दरबन्दीमा कायममुकायमबाट बढुवा गरिँदा ११औं स्थानमा रहेका दीपेन्द्र कुँवरको बढुवा हुने अवस्था रहँदैन। उनी शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं नाता पर्छन्। अहिले रहेका रिक्त १० एसएसपीमा कायममुकायम बनाउँदा आफू छुट्ने भएकाले शक्तिकेन्द्रमार्फत् उनले दबाब दिएर बढुवा रोकिदिएको जानकारहरू बताउँछन्। शक्तिकेन्द्र निकट मानिएका उनै कुँवरले पहुँचको भरमा यसपटक संविधान दिवसको अवसरमा पदक समेत हात पारेका छन्। 

रोलक्रम १० भन्दा पछि रहेका सबै एसपीहरू तत्कालै बढुवा नहोस् भन्ने पक्षमा लविङमा छन्। जसकारण पनि रिक्त भएको ८ महिना बितिसक्दा समेत बढुवाले गति लिन सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सशस्त्र हेडक्वार्टर स्रोत भन्छ, ‘अघिल्लो सरकारका पालामा शक्तिकेन्द्र निकटका छुट्ने भएकाले कामयमुकामय बनाइएन। अहिलेको सरकारको पालामा पनि कायममुकामय बनाउँदा शक्तिकेन्द्रनिकटका छुट्ने भएकाले बढुवा अघि बढेन।’

आठ महिनासम्म एसएसपी रिक्त हुँदा सशस्त्रका थुप्रै कार्यालयहरू निमित्तको भरमा चलेका छन्। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सशस्त्र प्रहरीबाट एसएसपीले प्रतिनिधित्व गर्ने भएपनि अहिले सो ठाउँमा एसएसपी पठाउन सकिएको छैन। त्यसैगरी, हेडक्वार्टरमा इन्टेलिजेन्स ब्यूरो, ५ नम्बर बाहिनी, ६ नम्बर बाहिनीलगायत एसएसपीविहीन छन्।

एसएसपी नहुँदा ५ र ६ नम्बर बाहिनीका सिपाही समेत राजीनामा स्वीकृत गराउन अन्यत्र जानुपर्ने अवस्था छ। एसएसपी नहुँदा दैनिक कामकारबाहीमा समेत असर परिरहेकोबारे गृह मन्त्रालय बेपर्वाह देखिन्छ।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्