काठमाडौं– महानगरवासीलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न दिइने निजी रेस्टुरेन्ट तथा बैंकका शौचालयलाई सरसफाइ साामग्री महानगरपालिकाले दिने भएको छ।
करछुट लगायतका कुरा आइरहेको बताउँदै मेयर बालेन्द्र साहले सरसफाइ सामग्री दिइने बताए। रेस्टुरेन्ट र बैंकहरू स्वस्फुर्त सार्वजनिक शौचालय घोषणा गरिरहेको बताउँदै हरेक चार–चार महिनामा सरसफाइ सामग्री दिइने उनले बताए।
उनले भने, ‘शौचालय सार्वजनिक प्रयोगका लागि दिने रेस्टुरेन्टको महानगरका तर्फबाट कर छुटको कुरा आएको छ। तर, त्यस्तो गर्न सकिँदैन। किनभने त्यसो हुँदा बैंक, वर्कसप आदिलाई पनि दिनुपर्यो। त्यो सम्भव छैन।’
सार्वजनिक शौचालय निर्माण कार्यलाई पनि निरन्तरता दिने बताए। यस वर्ष १० वटा सार्वजनिक शौचालयका लागि टेन्डर गर्ने तयारी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।