• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘चिसो मान्छे’देखि ‘रुदाने’सम्म : आश गरिएका फिल्महरू धमाधम प्रदर्शन हुँदै 

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  ०७:०६
1140x725

काठमाडौं– हालसालै रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ सिनेमा हलमा प्रदर्शन भयो। जुन अहिले पनि लागिरहेको छ। फिल्मले व्यापारिक रुपमा पनि राम्रो कमाई गरेको छ। सिनेमा क्षेत्रमा नेपाली फिल्मले पुनः आफ्नो बाजी मारेको देखिएको छ।

तर, कर्मसियल रुपमा निर्माण भएको ‘कबड्डी ४ः द फाइनल म्याच’भन्दा फरक शैली र विषयमा रहेर बनेका दर्जनभन्दा बढी फिल्महरू प्रदर्शनको पालो पर्खिरहेका छन्। उनीहरूले प्रदर्शनको मिति तय गरेर 'प्रमोसनमा जुटेका' छन्। दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘चिसो मान्छे’देखि नेपालमा थाहा आन्दोलनका अग्रणी रुपचन्द्र विष्टमाथि आधारित रहेको बायोपिक ‘रुदाने’जस्ता फिलमहरु यो सूचीमा छन्।

यी फिल्महरुले व्यापारिक रुपमा के कस्तो प्रतिक्रिया पाउँछन् भन्ने फिल्म प्रदर्शनमा आएपछि थाहा होला। तर, समग्रमा नेपाली सिनेमाको स्तर, सिनेमाको भाष्य र सिनेमाले प्रस्तुत गरिरहेका कथाभन्दा फरक गर्न खोजेको विषय भने सबल पक्ष बनेको छ। 

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ धेरै समयदेखि चर्चामा रहेको र आश गरिएको फिल्म हो। खनालकै निर्देशन, लेखन तथा छायांकनमा रहेको फिल्मको भूगोल नेपाली सिनेमाले खासै नदेखेको भूगोलमा आधारित छ।

सुदूरपश्चिमको भूगोलमा आधारित रहेको फिल्ममा प्रस्तुत भएको कथा पनि नेपाली फिल्म क्षेत्रका निम्ति नौलो कथा हो। कोरोना कालमा मृत श्रीमानको लास लिएर आएकी एक महिलाको मनोविज्ञानको चित्रण गरिएको छ फिल्ममा।

शर्मिला पाण्डेको निर्माण रहेको यो फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल र अपर्ण थापाको अभिनय रहेको छ। फिल्म असार ३ गतेबाट प्रदर्शनमा आउँदै छ। 

‘चिसो मान्छे’कै जस्तो पश्चिमको भूगोलमा रहेर बनेको अर्को फिल्म ‘प्रकाश’ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। जुम्लामा एक युवा शिक्षकको कथा देखाइएको यो फिल्मको टिजर सार्वजनिक हुँदा धेरै प्रशंसा पाएको थियो। फरक फरक शैली र कथामा रहेर फिल्म बनाइरहेका निर्देशक दिनेश राउतको निर्देशन रहेको यो फिल्म उनकै निम्ति पनि एउटा अग्निपरीक्षाको रुपमा देखिएको छ।

भदौ १० गते प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक राउतदेखि अभिनेता प्रदीपले नै पनि फरक किसिमको काम गरेको फिल्म दुवैका लागि नयाँ ढोका खोल्ने माध्यम बन्ने देखिएको छ। फिल्ममा प्रस्तुत कथाको दायरा र नयाँ शैलीले पनि यसको चर्चा भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रभावशाली निर्देशक प्रशान्त रसाईली पनि यो वर्ष आफ्नो फिल्म लिएर आएका छन्। आफ्नै शैलीका सिनेमा बनाएर भिडबाट छुट्टै पहिचान बनाएका निर्देशकहरुमध्येका एक रसाईलीको फिल्म ‘अभिन्न’ यो वर्ष प्रदर्शनमा आउँदै छ। 

लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित रहेको फिल्मको ट्रेलर केही समयअघि सार्वजनिक भएको थियो। फिल्ममा मुख्य अभिनेताको रुपमा कर्मा देखिएका छन्, जो जीवन जिउनका लागि दार्जिलिङमा संघर्ष गरिरहेका हुन्छन्। सहाराको रुपमा एक कुकुर साथमा भएको व्यक्तिको कथा फिल्ममा प्रस्तुत छ। नेपाली फिल्मका निम्ति नितान्त नयाँ कथा भएको यो फिल्मले पनि यो वर्ष सम्भावना बोकेको छ।

यो फिल्मको अर्को बलियो पाटो फिल्ममा दिग्गज संगीतकार रञ्जीत गजमेरको संगीत रहेको छ।

‘पशुपति प्रसाद’ फेम्ड लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पनि आफ्नो फिल्म ‘पानीफोटो’मार्फत् यही वर्ष निर्देशनमा डेब्यु गर्दैछन्। सिनेमा र नाटक क्षेत्रमा लेखन र अभिनयबाट बलियो पहिचान बनाएका लामिछानेको फिल्म साउन १३ मा प्रदर्शनमा आउँदैछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लामिछाने कलाकारितामा दर्शकले निकै रुचाएका र विश्वास गरेका अभिनेता हुन्। त्यसैले पनि उनको निर्देशनमाथि दर्शकको अपेक्षा बढी छ। सँगै, लामिछानेले विगतमा लेखिरहेका फिल्म तथा नाटकको अवस्था हेर्दा उनको निर्देशन पनि उत्तिकै राम्रो हुने सम्भावना ज्यादै रहन्छ।

खगेन्द्रको ‘पानीफोटो’मा बेपत्ता छोराको पखाईमा बसेका आमाबुबाको कथा देखाइएको छ। फिल्ममा मेनुका प्रधान, अनुप बराल, मलिका महत र स्वयं निर्देशक लामिछानेकै अभिनय रहेको छ।

‘सुनगाभा’ फेम्ड निर्देशक सुदर्शन थापाले पनि यो वर्ष आफ्नो नयाँ फिल्म ल्याउँदैछन्। वैकल्पिक शैली र फरक कथामा रहेर बनेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ भदौ १० गतेबाट प्रदर्शन हुँदै छ। फिल्ममा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधानलगायतका कलाकारको अभिनय रहेको छ।

त्यस्तै, अनुप बरालको निर्देशनमा रहेको ‘दोख’ पनि प्रदर्शनको संघारमा छ। असार २४ गते प्रदर्शन गरिने निधो भएको फिल्मको टिजर केही समयअघि प्रदर्शन गरिएको थियो। टिजरमा देखिएका झलकहरुले फिल्म फरक शैलीमा प्रस्तुत भएको देख्न सकिन्छ।

माओवादी युद्धपछिको कथामा आधारित रहेर बनेको फिल्मले द्वन्द्व र खेललाई सँगै देखाउन खोजेको छ। फिल्ममा द्वन्द्वकालीन समयमा नेपालका विभिन्न भूभागमा भएका घटनाहरुको प्रस्तुति छ। 

दिया मास्के, मनिष निरौला, लोकमनी सापेकोटा, माओत्से गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ। फिल्मको कथा भने राजन कठायतले लेखेका छन्। 

यीसँगै कुमार भाष्कर निर्देशित ‘कौसिद’, फुर्वा छिरिङ लामा निर्देशित ‘जार’जस्ता फिल्महरु पनि यही वर्ष प्रदर्शन हुने भनिएको छ। वैकल्पिक कथा र देखिरहेको कर्मसियलभन्दा फरक किसिमको प्रस्तुतीकरणले भरिएका यी फिल्महरुमाथि दर्शक र स्वयं सिनेमा क्षेत्रकै पनि अपेक्षा बढेको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्