• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘चिसो मान्छे’देखि ‘रुदाने’सम्म : आश गरिएका फिल्महरू धमाधम प्रदर्शन हुँदै 

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  ०७:०६
1140x725

काठमाडौं– हालसालै रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ सिनेमा हलमा प्रदर्शन भयो। जुन अहिले पनि लागिरहेको छ। फिल्मले व्यापारिक रुपमा पनि राम्रो कमाई गरेको छ। सिनेमा क्षेत्रमा नेपाली फिल्मले पुनः आफ्नो बाजी मारेको देखिएको छ।

तर, कर्मसियल रुपमा निर्माण भएको ‘कबड्डी ४ः द फाइनल म्याच’भन्दा फरक शैली र विषयमा रहेर बनेका दर्जनभन्दा बढी फिल्महरू प्रदर्शनको पालो पर्खिरहेका छन्। उनीहरूले प्रदर्शनको मिति तय गरेर 'प्रमोसनमा जुटेका' छन्। दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘चिसो मान्छे’देखि नेपालमा थाहा आन्दोलनका अग्रणी रुपचन्द्र विष्टमाथि आधारित रहेको बायोपिक ‘रुदाने’जस्ता फिलमहरु यो सूचीमा छन्।

यी फिल्महरुले व्यापारिक रुपमा के कस्तो प्रतिक्रिया पाउँछन् भन्ने फिल्म प्रदर्शनमा आएपछि थाहा होला। तर, समग्रमा नेपाली सिनेमाको स्तर, सिनेमाको भाष्य र सिनेमाले प्रस्तुत गरिरहेका कथाभन्दा फरक गर्न खोजेको विषय भने सबल पक्ष बनेको छ। 

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ धेरै समयदेखि चर्चामा रहेको र आश गरिएको फिल्म हो। खनालकै निर्देशन, लेखन तथा छायांकनमा रहेको फिल्मको भूगोल नेपाली सिनेमाले खासै नदेखेको भूगोलमा आधारित छ।

सुदूरपश्चिमको भूगोलमा आधारित रहेको फिल्ममा प्रस्तुत भएको कथा पनि नेपाली फिल्म क्षेत्रका निम्ति नौलो कथा हो। कोरोना कालमा मृत श्रीमानको लास लिएर आएकी एक महिलाको मनोविज्ञानको चित्रण गरिएको छ फिल्ममा।

शर्मिला पाण्डेको निर्माण रहेको यो फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल र अपर्ण थापाको अभिनय रहेको छ। फिल्म असार ३ गतेबाट प्रदर्शनमा आउँदै छ। 

‘चिसो मान्छे’कै जस्तो पश्चिमको भूगोलमा रहेर बनेको अर्को फिल्म ‘प्रकाश’ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। जुम्लामा एक युवा शिक्षकको कथा देखाइएको यो फिल्मको टिजर सार्वजनिक हुँदा धेरै प्रशंसा पाएको थियो। फरक फरक शैली र कथामा रहेर फिल्म बनाइरहेका निर्देशक दिनेश राउतको निर्देशन रहेको यो फिल्म उनकै निम्ति पनि एउटा अग्निपरीक्षाको रुपमा देखिएको छ।

भदौ १० गते प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक राउतदेखि अभिनेता प्रदीपले नै पनि फरक किसिमको काम गरेको फिल्म दुवैका लागि नयाँ ढोका खोल्ने माध्यम बन्ने देखिएको छ। फिल्ममा प्रस्तुत कथाको दायरा र नयाँ शैलीले पनि यसको चर्चा भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रभावशाली निर्देशक प्रशान्त रसाईली पनि यो वर्ष आफ्नो फिल्म लिएर आएका छन्। आफ्नै शैलीका सिनेमा बनाएर भिडबाट छुट्टै पहिचान बनाएका निर्देशकहरुमध्येका एक रसाईलीको फिल्म ‘अभिन्न’ यो वर्ष प्रदर्शनमा आउँदै छ। 

लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित रहेको फिल्मको ट्रेलर केही समयअघि सार्वजनिक भएको थियो। फिल्ममा मुख्य अभिनेताको रुपमा कर्मा देखिएका छन्, जो जीवन जिउनका लागि दार्जिलिङमा संघर्ष गरिरहेका हुन्छन्। सहाराको रुपमा एक कुकुर साथमा भएको व्यक्तिको कथा फिल्ममा प्रस्तुत छ। नेपाली फिल्मका निम्ति नितान्त नयाँ कथा भएको यो फिल्मले पनि यो वर्ष सम्भावना बोकेको छ।

यो फिल्मको अर्को बलियो पाटो फिल्ममा दिग्गज संगीतकार रञ्जीत गजमेरको संगीत रहेको छ।

‘पशुपति प्रसाद’ फेम्ड लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पनि आफ्नो फिल्म ‘पानीफोटो’मार्फत् यही वर्ष निर्देशनमा डेब्यु गर्दैछन्। सिनेमा र नाटक क्षेत्रमा लेखन र अभिनयबाट बलियो पहिचान बनाएका लामिछानेको फिल्म साउन १३ मा प्रदर्शनमा आउँदैछ।

लामिछाने कलाकारितामा दर्शकले निकै रुचाएका र विश्वास गरेका अभिनेता हुन्। त्यसैले पनि उनको निर्देशनमाथि दर्शकको अपेक्षा बढी छ। सँगै, लामिछानेले विगतमा लेखिरहेका फिल्म तथा नाटकको अवस्था हेर्दा उनको निर्देशन पनि उत्तिकै राम्रो हुने सम्भावना ज्यादै रहन्छ।

खगेन्द्रको ‘पानीफोटो’मा बेपत्ता छोराको पखाईमा बसेका आमाबुबाको कथा देखाइएको छ। फिल्ममा मेनुका प्रधान, अनुप बराल, मलिका महत र स्वयं निर्देशक लामिछानेकै अभिनय रहेको छ।

‘सुनगाभा’ फेम्ड निर्देशक सुदर्शन थापाले पनि यो वर्ष आफ्नो नयाँ फिल्म ल्याउँदैछन्। वैकल्पिक शैली र फरक कथामा रहेर बनेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ भदौ १० गतेबाट प्रदर्शन हुँदै छ। फिल्ममा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधानलगायतका कलाकारको अभिनय रहेको छ।

त्यस्तै, अनुप बरालको निर्देशनमा रहेको ‘दोख’ पनि प्रदर्शनको संघारमा छ। असार २४ गते प्रदर्शन गरिने निधो भएको फिल्मको टिजर केही समयअघि प्रदर्शन गरिएको थियो। टिजरमा देखिएका झलकहरुले फिल्म फरक शैलीमा प्रस्तुत भएको देख्न सकिन्छ।

माओवादी युद्धपछिको कथामा आधारित रहेर बनेको फिल्मले द्वन्द्व र खेललाई सँगै देखाउन खोजेको छ। फिल्ममा द्वन्द्वकालीन समयमा नेपालका विभिन्न भूभागमा भएका घटनाहरुको प्रस्तुति छ। 

दिया मास्के, मनिष निरौला, लोकमनी सापेकोटा, माओत्से गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ। फिल्मको कथा भने राजन कठायतले लेखेका छन्। 

यीसँगै कुमार भाष्कर निर्देशित ‘कौसिद’, फुर्वा छिरिङ लामा निर्देशित ‘जार’जस्ता फिल्महरु पनि यही वर्ष प्रदर्शन हुने भनिएको छ। वैकल्पिक कथा र देखिरहेको कर्मसियलभन्दा फरक किसिमको प्रस्तुतीकरणले भरिएका यी फिल्महरुमाथि दर्शक र स्वयं सिनेमा क्षेत्रकै पनि अपेक्षा बढेको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको भयावह क्षति : ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको भयावह क्षति : ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए शुक्रबार, असोज २, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज २, २०८३
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्