काठमाडौं-गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशकाे बर्दियालगायतका जिल्लामा हावाहुरीका कारण विभिन्न संरचना क्षति हुँदा घाइते भएकाहरूकाे शीघ्र स्वास्थ्याेपचारकाे व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
मन्त्री खाणले घाइतेहरुलाई अस्पताल पुर्याउने व्यवस्था गर्न बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन्।
हावाहुरीका कारण बर्दियाकाे मधुवन नगरपालिका ७ का १२ वर्षीय अमृत थापाकाे निधन भएकाे बर्दियाका प्रजिअ बास्ताेलाले जानकारी दिए। हावाहुरीका कारण घाइते भएका दुई जनालाई गुलरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएकाे छ। ६ जनाकाे गुलरियामा उपचार भइरहेकाे छ । ५ घरमा क्षति भएकाे जानकारी आएको प्रजिअ बास्ताेलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।