काठमाडौं–नुवाकोटको ककनी ७ स्थित नेपाल विद्युत प्राधिकरणको त्रिशुली–काठमाडौं २२० केभी प्रसारण लाइनमा चढेका एक व्यक्तिको ८ घण्टापछि उद्धार गरिएको छ।
नेपाली सेनाको विशेष फौज बाहिनीबाट खटिएको ४ जनाको ‘सिक्युआरटी’ ले सकुशल उद्धार गरेको हो।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक शनिबार बिहान ११ बजे प्रसारण लाइनमा चढेका थिए। उनको क्रियाकलापका कारण बिहान ११ बजदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादनमा नै असर परेको विद्युत प्राधिकरणले जनाएको थियो।
विकलाई शनिबार दिनभर प्रहरी र स्थानीयबासीले तल झार्ने प्रयास गरेपनि असफल भएका थिए। त्यसपछि सेनाको सहायता लिइएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।