काठमाडौं–जापानी राजदूत किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच भेटवार्ता भएको छ। सशस्त्र प्रहरी बलको हलचोक स्वयम्भुस्थित प्रधान कार्यालयमा भेटवार्ता भएको हो।
भेटवार्तामा जापान सरकार र सशस्त्र प्रहरी बलबीचको सहकार्यका सम्भावनाबारे छलफल भएको थियो। यस्तै, दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराईएको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिकाका बारेमा पनि राजदूतलाई जानकारी गराईएको थियो।
जापानी राजदूत यूकाताले नेपाललाई सधै सहयोग गर्न जापान तयार रहेको बताए। भेटवार्तामा जापानी दूतावासका केन्जी योसमुरा र डा शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको समेत सहभागिता रहेको सशस्त्र प्रहरील बलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।