काठमाडौं–कुवेतबाट आएका तीन जनालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २६० ग्राम सुनसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा प्रकाश दनुवार, भूमाकुमार माझी र सरोज मोची छन्। जजिरा एयरलाइन्सको जे९ ५३९ उडानमार्फत् बिहान कुवेतबाट उनीहरुलाई पाइन्टको भित्री भागमा बाहिरबाट सिलाई लुकाएर २६० ग्राम सुन ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको हो।
उनीहरुले दिएको प्रारम्भिक बयानअनुसार तीनै जनालाई अन्य व्यक्तिले एक–एक वटा पाइन्ट दिएर लगाएर जान भनेको र नेपाल पुगेपछि पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम पाउने आशा देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।