• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कूटनीतिक सन्तुलन र राष्ट्रिय हितका आधारमा मात्र बीआरआईजस्ता परियोजना कार्यान्वयन गर्नुपर्छ’

64x64
नेपाल लाइभ शनिबार, जेठ २८, २०७९  १९:२८
1140x725

काठमाडौं–कूटनीतिक मामिलाका विज्ञहरुले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हितलगायत पक्षमा विचार गरेर मात्र लागू गर्नेपर्नेमा जोड दिएका छन्। 

न्युज सोसाइटी नेपालले शनिबार आयोजना गरेको ‘बीआरआईको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता' विषयक कार्यक्रममा विज्ञहरुले हरेक परियोजनामा सम्बन्धित देशको स्वार्थ पनि गाँसिने भएकाले यसतर्फ नेपाल सचेत हुनुपर्ने बताएका हुन्। 

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिविज्ञ गेजा शर्मा वाग्लेले नेपालले बीआरआईमा हस्ताक्षर गरेका कारण यो परियोजनाअन्तर्गतका कामहरु अघि बढाउनुपर्ने राजनीतिक, कूटनीतिक र भूराजनीतिक बाध्यता रहेको बताए। ‘तर, यस्ता परियोजना नेपालको राष्ट्रिय आवश्यकता, प्राथमिकता तथा प्रमुख राजनीतिक दलहरुको सहमतिका आधारमा अघि बढाउनुपर्छ,’ उनले भने। 

बीआरआईमा हस्ताक्षरपछि केही हदसम्म अमेरिका र भारतसँग नेपालमा कसले आफ्नो प्रभाव विस्तार गर्ने भन्नेमा सामरिक प्रतिस्पर्धा पनि देखिएको भन्दै उनले यसतर्फ नेपाल सचेत हुनुपर्ने बताए। 

‘त्यो घोषित र अघोषित रुपमा त्रिकोणात्मक भूराजनीतिक र सामरिक प्रतिस्पर्धा नेपालमा छ। हामीले त्यसलाई मिनिमाइज गरेर नेपालको राष्ट्रिय आवश्यकताका आधारमा परियोजना लागू गर्नुपर्छ,’ उनले भने, ‘चीन र भारत नेपालका छिमेकी मात्र नभई विकासका साझेदार पनि हुन् । उनीहरुको विकासबाट नेपालको राष्ट्रिय स्वार्थ अनुरुप कसरी समुन्नत राष्ट्र बन्ने भन्नेतर्फ सरकार र प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा अघि बढ्नुपर्छ ।’

nimb
nimb
Ncell 2
Ncell 2

यसका लागि कूटनीतिक सन्तुलन कायम गरेर र उनीहरुको स्वार्थको बीचमा आफ्नो रणनीतिक सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्ने वाग्लेले बताए। ‘नत्र हामी शक्ति राष्ट्रहरुको प्लेग्राउन्ड बन्नेछौं,’ उनले भने । 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा उकालो अभियानका प्रधान सम्पादक अजयभद्र खनालले बीआरआईजस्ता योजना कार्यान्वयन गर्ने सन्दर्भमा सचेतता अपनाउनु पर्नेमा जोड दिए। नेपालले विशेषगरी तीन वटा विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो  ‘सर्वप्रथम त हामीले सही पूर्वाधार छनोट गर्नुपर्छ। दोस्रो, ती आयोजना  कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित राष्ट्रबाट नेपालको आन्तरिक मामिलामा धेरै नै हस्तक्षेप हुने गरेको छ, त्यसलाई रोक्नुपर्छ,’ उनले भने, ‘तेस्रो कुरा, बीआरआईसहित अन्य योजना लिने कुरा चुनौती होइन, मुख्य चुनौती भ्रष्टाचार र कुशासन हुन्। यसलाई हटाउनुपर्छ।’

कार्यक्रममा श्रीलंकाका कूटनीति, इतिहास र सुरक्षा क्षेत्रका विज्ञ जर्ज आईएच कुकले श्रीलंकामा चीनको लगानीमा निर्मित परियोजना, त्यसको कार्यान्वयनलगायत विषयमा स्पष्ट पारेका थिए। कुनै पनि दाता राष्ट्रको सहयोग लिँदा त्यसबाट दीर्घकालसम्म हुने प्रभाव वा असरका बारेमा ध्यान पुर्‍याउनुपर्नेमा उनले जोड दिए। बीआरआईजस्ता परियोजनामा गाँसिएको स्वार्थलाई बुझ्न नसके कुने पनि मुलुक दुर्घटनामा पर्नसक्ने जर्जले औंल्याए।

‘हामीले योजनाहरु स्वीकार गर्दा किन, केका लागि कति समयको लागि भन्ने जस्ता विषयमा ध्यान दिनुपर्छ । चीनजस्ता मुलुकले साना मुलुकमा लगानी गर्दा उनीहरुले सय वर्षसम्मको योजना बनाएका हुन्छन् । उनीहरुले आयोजनाहरुको विकल्प र उपादेयताका बारेमा ध्यान दिएका हुन्छन् । हामीले पनि त्यहीअनुसार सोच्नुपर्छ,’ उनले भने । 
‘अन्य राष्ट्रमा ती योजना कसरी कार्यान्वयन भइरहेको छ, त्यसको प्रभाव वा असर कस्तो छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको जर्जले बताए। 

अन्नपूर्ण एक्सप्रेसका प्रधान सम्पादक विश्वास बरालले बीआरआईजस्ता परियोजनाहरुको सम्झौताको पारदर्शीतामा जोड दिए। उनले निश्चित अधिकारीलाई बाहेक सम्झौता बारेमा थाहा नहुँदा त्यो आयोजना बन्दा मुलुकलाई घाटा र नाफा वा दीर्घकालसम्म पर्ने प्रभावका बारेमा जनता अनभिज्ञ रहने समस्या रहेको बताए। 

चीनको परियोजना बीआरआईमा सन् २०१७ मा हस्ताक्षर गरेर नेपाल सहभागी भएको थियो। यो परियोजनाअन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालले जोड्ने लक्ष्य छ। साथै, राष्ट्रहरुमा नीतिगत समन्वय, खुला व्यापारमा अभिवृद्धि, आर्थिक समन्वय र जनताको सामीप्यलाई यो आयोजनाले प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राख... बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेक... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्