काठमाडौं– सार्वजनिक सवारीको भाडा घटेको १ हप्तामै पुन: बढेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा 'स्वचालित समायोजन' गरिएको जनाएको छ।
स्वचालित समायोजनअनुसार यात्रुवाहक सवारी साधनको भाडा २.५ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.३ प्रतशित र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ।
यातायात व्यवस्था विभागले इन्धनको बजारमूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ।
पछिल्लोपटक इन्धन (डिजेल)को मूल्य ७.८४ प्रतिशतले बढेको भन्दै विभागले शुक्रबारदेखि नै लागू हुने गरी अन्तर प्रदेश (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।