काठमाडौं– मिटरब्याजमा ऋण दिएर सप्तरीमा विपन्नको उठीवास लगाएका भनिएका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई बोलाएर मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।
तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद्मा समेत यस विषयमा कुरा उठेको थियो।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद तेजुलाल चौधरीले सप्तरी र सिरहामा साहुकारहरुको ऋणले किसानहरुको उठीबास हुने अवस्था देखिएको भन्दै मिटरब्याजीहरुलाई पहिचान गरेर कारबाही गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।