काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै सरकारले भाडादर पनि समायोजन गरेको हो।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी दिएको छ। जेठ ११ गते विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति अनुरुप भाडादर समायोजना भएको विभागको सूचनामा उल्लेख छ। नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो।
यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागको सूचनामा उल्लेख छ।
यस्ताे छ नयाँ भाडादर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।