काठमाडौं- चितवनको नाम्सीपुल स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुल स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो बन्द भएको हो।
यसअघि बुधबार राति नारायणगढ मुगलिङ सडक खण्डको कालिखोला र मुग्लिङ - काठमाण्डौ सडक अन्तर्गत नाग्दीखोला क्षेत्रमा पहिरोको कारण दुईतर्फी सवारीब आवतजावत बन्द भएको थियो।
दुवै स्थानको पहिरो हटाई शुक्रबार दिउँसोबाट सवारी आवागमन सुचारु भएको थियो भने नाग्दीखोलाको पहिरो हटाउन बाँकी रहेकोले उक्त स्थानमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।