काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिएको स्थानबाट तल दुईवटा शव र कार भेटिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याममा शुक्रबार बिहान सडक भासिएको थियो।
सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। मृतकहरुको सनाखत भएको छैन। कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो। सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नदेखिएको प्रहरीले जनाएको छ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको छ। करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।