काठमाडौं– क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका–२० का घर भइ हाल काठमाडौं महानगरपालिका–१० बस्दै आएका ३६ वर्षीय उत्सव दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
उनले अजय वाइवालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि फरार भएका दाहालविरुद्ध वाइवाले आफू ठगीमा परेको भन्दै जाहेरी दिएका थिए।
उनलाई बिहीबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको र अहिले थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको महानगरीय अपराध अनुसन्धान विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।