काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै घर बिदामा बसेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई तत्काल हाजिर हुन प्रहरी प्रधान कार्यालयले पत्र पठाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बिदामा बसेका एआईजी पोखरेलको बिदा सकिएकाले कार्यालयमा हाजिर हुन पत्राचार गरिएको पुष्टि गरे।
बुधबार नै थप १० दिनको बिदा माग गर्दै एआइजी पोखरेलले निवेदन दिएका थिए। तर, उक्त निवेदन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्।
आइजी बढुवामा असन्तुष्टि जनाएका एआइजी पोखरेल घर बिदा लिएर निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिन मानेन भने उनको मुद्दाको सुनुवाइ जेठ ३० गतेका लागि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।