• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

हर्क, बालेनहरुले युवामा उब्जाएको प्रश्न : अहिले नगरे कहिले?

64x64
राजन घिमिरे शनिबार, जेठ २८, २०७९  ०७:१२
1140x725

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत कतिपय स्थानका मतपरिणामरु अनपेक्षित रहे। राजनीतिक दलहरुको पडाछि दौडने एउटा ठूलो जमातले नयाँ पुस्ता (स्वतन्त्र) ले स्थानीय सरकारमा जित निकाल्न सक्ने अनुमानहरु गरेका थिएनन्। उनीहरुमात्र होइन स्वघोषित राजनीतिक विश्लेषकहरु पनि निर्वाचन अघिका विश्लेषणमा 'फ्लप' भए। 

संघीय राजधानी काठमाडौं मात्र होइन पूर्वको महत्वपूर्ण शहर धरान, सुदूरपश्चिमको मुख्य ठाउँ धनगढी लगायतका कतिपय स्थानमा कुनै दलको लेटरहेडमा उम्मेदवारी दर्ताको सिफारिस नभएका र स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुले 'सानदार' जीत निकाले। 

काठमाडौं महानगरमा 'कहाँ स्वतन्त्रले जित्छ?' र धरानमा 'को हो हर्क साम्पाङ?' भन्नेहरुलाई मतदाताले भारी मतका साथ अनुमोदन गरिदिएर चक्मा दिए। पाँच वर्षाका लागि आफ्नो स्थानीय सरकारको चाबी जिम्मा लगाएका छन्। 

राजनीतिक दलका लामो समयदेखिका सांगठनिक संरचनाका बीच स्वतन्त्र उम्मेदवारलाई जित निकाल्न त्यति सहज थिएन। तर, पनि मुख्य शहरी क्षेत्रमा उनीहरुले जितेका छन्। 

हर्क, बालेनहरुको जितले कुनै एक निश्चित भूगोल र उनीहरुलाई मत दिनेहरुको क्षेत्रमा मात्र होइन देशव्यापी प्रभाव परेको देखिएको छ। सामान्य रुपमा भन्ने हो भने यसपटकको निर्वाचनको केही स्थानको परिणाममा विचारको भूइचालो नै ल्यायो भन्दा फरक पर्दैन। 

आफूहरु नभइ देशनै चल्दैन र जो उठाए पनि ठूला भनिएका केही दलका उम्मेदवारले मात्र जित्छन् भन्ने अहमतावादी सोचमा रहेका मुख्य दल र तिनका 'झोले' कार्यकर्तालाई पछिल्लो नतिजाले नराम्ररी झस्काइदिएको छ। 

नेपाली राजनीतिका मियो बनेर बसेका यस्ता राजनीतिक दल, तिनका नेता, कार्यकर्तामा भयंकर अवसरवादी, व्यक्तिवादी र चरम परिवारवादमा डुबिरहेका छन्। जसको उदाहारण निर्वाचनमा उम्मेदवारी चयन गर्ने क्रममा नदेखिएको होइन। 

परिवारको कुनै पनि सदस्य राजनीति वा अन्य कुनै पनि काममा सक्रिय भएर लाग्दा उसका परिवारका हरेक सदस्यको कुनै न कुनै रुपमा सहयोग हुनु स्वभाविक हो। तर पद र प्रतिष्ठाका लागि आफू शक्तिमा हुँदा योग्यता क्षमता नभएकाहरुलाई नातावाद र कृपावादका कारणमात्र पदको व्यवस्थानमा लाग्नु पक्कै राम्रो हुन सक्दैन र त्यो राम्रो होइन भन्ने देशका विभिन्न स्थानमा जताले देखाइदिएका पनि छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं महानगरकै उदहारण हेर्ने हो भने, नेपाली कांग्रेसको पार्टी जीवनमा गणेशमान सिंहको ठूलो योगदान छ। नेपालमा प्रजातन्त्र प्राप्तिमा उनले खेलको भूमिकाको उच्च सम्मान गर्नै पर्छ। उनका छोरा प्रकाशमान सिंह लामो समयदेखि राजनीतिमा सक्रिय छन्। काठमाडौंमा उनी लगायतार संसदमा जित्दै आएका छन् र कांग्रेश शीर्ष नेतृत्वमा पनि पर्छन्। पार्टी जीवनमा उनीभन्दा धेरै खटिएका कतिपय नेता अहिले पनि वडा र जिल्ला स्तरबाट माथि उठ्न सकेका छैनन्।

काठमाडौं महानगरमा कांग्रेसले उम्मेदवार चयन गर्दा सिर्जना सिंहलाई खडा गर्यो। हो, कांग्रेस राजनीतिमा उनको आफ्नै विशिष्टिकृत योगदान छ। गोरखादेखि काठमाडौंसम्मका राजनीतिमा उनको योगदान छ जसको सम्मान उनको दलले गरेकै छ र गर्छ पनि। तर महानगरस्तरमा खटिएका तमाम नेता र उम्मेदवारका आकांक्षीलाई वेवास्ता गर्दै प्रकाशमानले कांग्रेसको १४ औं महाधिवेशनका बेला सभापति शेरबहादुर देउवासँग गरेको सहमतिको आधारमा एकाएक उम्मेदवार बनेको चर्चा चल्यो। धरैले यसलाई परिवारवादको ट्याग लगाइदिए।

राजनीतिक दलहरुमा आवद्ध जनप्रतिनिधिहरु मतदाताप्रति थप उत्तरदायी, जिम्मेवार हुन्छन् भन्ने मान्यता लोकतन्त्रमा राखिन्छ। लोकतन्त्र समृद्ध हुनका लागि राजनीतिक नेतृत्व महत्वपूर्ण हुन्छ। तर यसपटकको निर्वाचनले यसलाई चुनौती दिएको छ र, राजनीतिक दलहरुको मतपरीविरुद्ध मतदाताले स्वतन्त्र उम्मेदवारहरुलाई मत दिएका छन्। 

काठमाडौं, धरान, वीरगञ्ज लगायतका शहरमा स्वतन्त्र उम्मेदवारहरुको जितले युवा पुस्तामा मात्र होइन राजनीतिक दलहरुलाई लामो समयदेखि मत दिँदै आएका पुराना मतदाताको सोचमा विस्तारै आइरहेको परिवर्तनको रुपमा लिन सकिन्छ। 

राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिपछि देशको मुहार फेरिने अपेक्षा राख्ने पुस्ता जीवनको उत्तरार्धमा छ। त्यसपछि विभिन्न समयमा भएका जनआन्दोलन, विद्रोह भोगेर र देशमा अब केही हुने अपेक्षा राख्नेहरुको चरम निराशाका बीच बालेन र हर्कहरुले पाएको मतलाई शान्त 'बिद्रोह' को रुपमा लिन सकिन्छ। किनकी बालेन विचार र हर्कको पानीको आन्दोलनमा मतदाताले केही आशा गरे। राजनीतिक दलहको अहताकाबीच मतदाताले बालेन र हर्कहरुमार्फत प्रतिबिम्बित गराउन खोजे। 

यसबाट राजनीतिमा 'रक्तपात विहीन' र ढुंगामुढा नगरिकन हुने एउटा आन्दोलनको जग निर्माण भएको छ। युवा पुस्ताले मात्र होइन राजनीतिबाट वाक्क भएका पुराना पुस्ताकाले पनि उक्त आन्दोलनको जगमा ठूलो अपेक्षासहित योगदान गरेका छन्। 

परिवर्तनका लागि बालेन र हर्क लगायतका व्यक्तिले के/कति गर्न सक्छन् र दिन्छन् भन्ने कुराले त्यति धेरै अर्थ नराख्ला। तर, उनीहरुमाथि व्यक्त गरिएको विश्वासको मतबाट राजनीतिक दलहरुलाई चेतावनी र नयाँको खोजीप्रति मतदाताको चाहनालाई भने नकार्न सकिँदैन। 

पद र सत्ताका लागि मरिहत्ते गर्ने र आफू मात्र भएर पनि नहुने विकृत मानसिकता नेपाली राजनीतिक दलको नेतृत्वमा झाँगिएको छ। विभिन्न समयमा भएका परिवर्तनका लागि भएका आन्दोलनमा कयौंले बलिदानी दिएका छन्।

आफ्ना पालमा नभए पनि सन्ततीले देश समृद्ध भएको देख्न पाउने र सहज जीवनयापन गर्न पाउने अपेक्षा राखेर आन्दोलनमा सतिसाल झै खडा भएका  उनीहरुले कहिल्यै आफूले पद मागेनन्। मागे त देश विकास,  उत्पादन र उत्पादकत्व वृद्धि, स्वास्थ्य, शिक्षा, व्यापार र व्यवसायमा सहजता।  तर, ति अपेक्षा पूरा भएनन्। पूरा भए त केबल राजनीतिक दलका नेता र तिनका आशेपासेको मनोकांक्षा। नागरिकको जीवनस्तार जहिको तही भए पनि 'चप्पल लगाएर सहर पसेका' हरुको जीवन शैली फेरियो।

बिद्रोह, आन्दोलन जे जस्तो भए पनि त्यसबाट औंलामा गन्न सकिने व्यतिहरुले मात्र फाइदा लिइरहे। गरिबले जहिल्यै धनी र सम्भ्रान्तहरुका लागि आन्दोलन गरिदिनु पर्ने अवस्था बन्दै गएको छ। 
विकट गाउँका जनताले एक छाक रोटी खान पाउन सक्ने अवस्था छैन। आम नागरिकका साना अपेक्षासम्म पनि सरकारले पूर्ति गर्न सकिरहेको छैन। देश विकासका लागि बजेटको अभाव भएको भाषण गर्नेहरुले कहिल्यै देशमा विकास बजेट किन २५ प्रतिशत पनि खर्च हुन सकिरहेको छैन? भन्ने प्रश्नको कहिल्यै जवाफ दिन चाहेनन्/दिएनन्। 

विश्व परिदृश्यमा शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारी लगायतमा ठूलो परिवर्तन आइसकेको छ। तर, स्नातकोत्तरको डिग्री लिएका हजारौं शैक्षिक बेरोजगारहरु यतिबेला पास्पोर्ट बोकेर दलालको कार्यालय धाउन बाध्य छन् विदेश जानका लागि। ग्रामिण क्षेत्रबाट महानगर वा अन्य सहरी क्षेत्रमा आउने युवा युवती खाली हात फेरि गाउँ फर्किनु पर्ने अवस्था देशको छ। 

यस्तो अवस्थाका लागि राजनीतिक दलहरुमात्र जिम्मेवार छन् भन्ने आशय पक्कै होइन। देशमा सञ्चालन हुने, कार्यक्रम, योजना राजनीतिक प्रणालीमा रहेका दलहरुले गर्ने हो। तर उनीहरुको ध्यान विकास भन्दा भुँडीमा बढी गएको छ। उनीहरु अब परिवारवाद को भुमरीमा कहिलै निस्कन नसक्ने गरि फसिसकेका छन्। 

कतिपय केही काम नगरि पार्टीको पछि लागेर र नेताको फेरो समाएर फेरि राज्यस्रोतको दोहनका लागि लागेकै छन्। कतिपयले जनताको मतबाट निर्वाचित भएरनै दोहन गर्न पाए भने कतिपय पराजित भए। हरेक दिन उत्पादनमा लाग्नु पर्ने युवा खाडीमा सस्तोमा श्रम र स्वभिमान बेच्न बाध्य छन्। छोरीचेली नरकीय रुपमा श्रम र लाज बेच्न बाध्य छन्। 

यिनै राजनीतिक ठेकेदारहरुलाई फेरि पनि सत्ताको साँचो जिम्मा लागाएर देश उकालो नलाग्ने निश्चित प्राय: छ। विषम र अस्वभाविक रुपमा देसको गति गिर्दो छ। उत्पादन घट्दो छ, आयात बढ्दो छ। स्वस्थ्यसँग सम्बन्धित विषयहरुको बेहाल छ। विद्यालय शिक्षाको अवस्था त्यस्तै छ। सम्भ्रान्त शिक्षा प्रयोग भइरहेको छ। देश खोक्रो भइसक्दा पनि हामी गरिरहेका छौं भन्ने झुटा आश्वासन दिनेहरुमाथि कहिलेसम्म विश्वास गरिरहने?  वर्तमान नेतृत्वको कार्यकुशलता साग्रमा हेर्दा स्मरण गर्न योग्य छैन। विज्ञान प्रविधिमा भएको द्रुततर विकासका आधारमा सरकार र नेतृत्वले काम गर्न सक्ने स्थिति अहिले नेतृत्वमा रहेको उमेर समूहका नेता र विद्यार्थी राजनीतिमा उदाइरहेकाहरुलाई हेर्दा अधिकांश जसोमा त्यस्तो चेहेरा देख्न सकिने अवस्था नरहेको आमा मानिसको बुझाइ छ। 

देशलाई गति दिने हो भने अब युवा वर्गले हस्तक्षेप गर्न जरुरी मात्र ढिला भइसक्यो। पूराना नेतृत्वबाट सल्लाह सुझाव लिने र वर्तमान आवश्यकता अनुसार नेतृत्व गर्ने युवा तयार हुन आवश्यक छ। त्यसका लागि शहरी क्षेत्रमा मतदाताले 'व्यालेट' मार्फत 'बिद्रोह' गरिसकेका छन्। अब देशभरको युवा पंक्ति र शिक्षित वर्गले त्यसका लागि दबाब दिन आवश्यक छ। अहिलेको नेतृत्वले गर्ने आशा लामो समयदेखि खेर गएको अवस्थामा अबको अवसर दलहरुले पनि युवालाई दिन आवश्यक छ। बाँचुन्जेल पार्टी कब्जा गर्ने मानसिकताबाट ग्रसित दल र ति दलका नेताहरुले पार्टीलाई प्राण दिनु छ भने वरिपरी घुम्नेलाई होइन युवालाई नेतृत्वमा प्राथमिकता दिन जरुरी छ।

नयाँ सोच र विचार भएकाहरुलाई नेतृत्वमा स्थापित गर्नका लागि अहिलेको नेतृत्वमा 'डिसेनिटाइज' गर्न जरुरी छ। त्यसका लागि बालेन र हर्कहरु अघि बढिसकेका छन् र देशका अन्य स्थानमा यस्ता हर्क र बालेनहरुको उठान अवस्यमभावी देखिएको छ

आयातको कमी र निर्यातको वृद्धिका लागि उत्पादनमा जोड दिन आवश्यक छ। त्यसका लागि नेपालको माटो सुहाउँदो उत्पादन र प्रकृतिले हामीलाई दिएको उपहारको भरपुर प्रयोग गर्न सकिन्छ। त्यसका लागि नयाँ सोच विचार र प्रविधीको आवश्यकता पर्छ। जडिबुटी उत्पादन बिक्री, गाँजा खेतीलाई बधैनिकता प्रदान गरि रोजगारी र आर्थिक उपार्जन गर्न सकिन्छ जसले देशको कूल अर्थतन्त्रमा ठूलै टेवा पुग्छ सक्छ। साना तथा मझौला उद्योगहरुलाई प्राथमिकतामा राखेर उत्पादनमा वृद्धि गर्न सकिन्छ। ठूला उद्योग तत्काल सञ्चालन गर्न बजेट अभाव भए पनि कृषिमा आत्मनिर्भर हुने योजना सरकारले ल्याउन सक्छ। विदेशिने श्रमलाई नेपालमा रोक्न सके उत्पादनमा वृद्धि हुन्छ। तर दल र नेताहरु कुर्सीका लागि मात्र लडिरहँदा यस्ता विषयहरु ओझेल परिरहेका छन्। 

अहिले दलहरुमा सक्रिय यूवा पंक्तिलाई पनि पदको लोभले तानेको छ। विकासका योजना, मोडलमा चर्चा र बहस गर्नु भन्दा उनीहरु नेताको भजन गाउने र अरुलाई गाली गरेर देशलाई समृद्ध बनाउने तर्फ होइन अन्धकारमा धकेल्ने तर्फ उद्यत छन्। 

राजनीतिक दल र वर्तमान प्रणालीमा व्यापक सुधार नभइ ति दलमा रहेका युवाको अवस्थामा तत्काल परिवर्तनको सम्भावना छैन। 

काम गर्न नसक्ने र नचाहने पंक्तिलाई किनारा लाउँदै काम गर्न चाहने र सम्भावना बोकेका युवालाई अहिले मतदाता चाहेको पछिल्लो निर्वाचन परिणामले देखाएको छ। राज्य चलाउने विषयमा कुनै पनि व्यक्तिको एकल/ एकल प्रयासमा पूर्ण रुपमा सम्भव हुने अवस्था लोकतन्त्रमा बन्दैन। त्यस कारणले दल विहीनाताको अवस्थाको परिकल्पना गर्न सकिँदैन। लोकतन्त्रमा दलहरुले नै राजनीतिक नेतृत्व गर्ने हो। त्यस्ता दलले राख्ने विचार, दृष्टिकोण, योजना, कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगारी लगायका विषयमा ति दलको कार्यक्रमलाई मतदाताले अनुमोदन गर्ने हुन्। त्यसका लागि कार्यसम्पादनको जिम्मेवारी युवाको काँधमा हुन आवश्यक छ। 

नयाँ सोच र विचार भएकाहरुलाई नेतृत्वमा स्थापित गर्नका लागि अहिलेको नेतृत्वमा 'डिसेनिटाइज' गर्न जरुरी छ। त्यसका लागि बालेन र हर्कहरु अघि बढिसकेका छन् र देशका अन्य स्थानमा यस्ता हर्क र बालेनहरुको उठान अवस्यमभावी देखिएको छ।

'हामी हाम्रो देशमै सुन फलाउन चाहन्छौं। हामी हाम्रै देशकै लागि बाच्न र मर्न चाहन्छौं। हामी यो वा त्यो जात, गरिब धनी, पहाडे-मधेसी, यो धर्म-त्यो धर्म चाँहदैनौं। हामी चाहन्छौं त मात्र देशको समृद्धि, विकास र उत्पादन आफ्नै पालामा भएको हेर्न चाहन्छौं' युवाहरु भनिरहेका छन्। 

अब देशलाई नेतृत्व दिन सक्ने युवाहरु लाम्बद्ध हुने अवस्था बनेको छ। त्यसका लागि अहिले ग्राउण्ड तयार देखिएको छ। `परिवर्तन ´सोचलाई आजदेखि नै सुदृढ र सुसंस्कृत बनाउँदै लाग्नुपर्ने अभिभारा युवाहरुको काँधमा आइपुगेको छ

चोक-चोक, गल्ली-गल्ली, हिमाल, पहाड, तराइ, देशविदेश सबैतिरबाट रामे, श्यामे, दोर्जे, पेम्बा, हर्के, मिना, सिता, लालु तेरो-मेरो, जात-धर्म नभनि देशलाई सांस्कृतिक, आर्थिक र नैतिक रुपमा जुटाउनु पर्ने बेला भइसकेको छ। 

देश आर्थिक, राजनीतिक र भूराजनीतिक रुपमा थला परिसक्दा पनि त्यसको वेवास्ता भइरहेको छ। नेता र नेतृत्व भ्रष्टार र कमिसनको खेलमा मस्त बन्दा सम्भावना बोकेका लौखौं युवा देश छाड्ने बाहाना खोजिरहेका छन्। प्रशस्तै काम गर्ने सम्भावना हुँदा हुँदै पनि 'आउटडेटेड' नेताहरुका कारण लौखौं युवा देशमै सीमान्तकृत जस्तो बन्नुपर्ने अवस्था बनेको छ। 

अब देशलाई नेतृत्व दिन सक्ने युवाहरु लाम्बद्ध हुने अवस्था बनेको छ। त्यसका लागि अहिले ग्राउण्ड तयार देखिएको छ। `परिवर्तन ´सोचलाई आजदेखि नै सुदृढ र सुसंस्कृत बनाउँदै लाग्नुपर्ने अभिभारा युवाहरुको काँधमा आइपुगेको छ।

भिडका खराब र गलतहरुलाई पन्छाएर, भ्रष्टाचार र कमिसनखोरहरुलाई नैतिकताको डोरीमा बाध्ने दायित्व पनि युवाकै काँधमा छ। 

नेपाल भन्दा पछि स्वतन्त्रता पाएका र हामी भन्दा कमजोर अवस्थामा रहेका देशमा त्यहाँका राजनीतिक नेतृत्वले विकास गरेका धेरै उदाहारण छन्। नेपालका नेताहरुसँगैका विश्व राजनीतिका समकालीन नेताहरुले पाँच/दश वर्ष सरकार र पार्टी हाँकेर बिदा भइसके। उनीहरु आज पदीय जिम्मेवारी र सक्रिय राजनीति भन्दा पर रहेका छन् र त्यसपछिको नेतृत्वले देशको काँचुली फेरको छ। तर हाम्रोमा एक पटक पद पाएपछि नछाड्ने संकृति नराम्रोसँग जरो गाडेर बसेको छ। त्यसको अन्त्यका लागि युवा अघि बढ्न आवश्यक छ।

हर्क र बालेनहरुको जितले अहिले नगरे युवाहरुले कहिले गर्ने भन्ने प्रश्नलाई जोडदार रुपमा उठाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजन घिमिरे
लेखकबाट थप
हर्क, बालेनहरुले युवामा उब्जाएको प्रश्न : अहिले नगरे कहिले?
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल सोमबार, भदौ २९, २०८३
जलबायू न्यायका लागि सोमबार, भदौ २९, २०८३
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्