काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्रालयले अपेक्षा अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मल आपूर्तिको अवस्थाबारे जानकारी दिएको हो।
त्यस्तै मन्त्रालयले मल आपूर्ति प्रकृया र मूल्यमा आएको परिवर्तनले किसानले मल पाउन नसकेको बताएको छ। सरकारले अब जीटूजीको माध्यमबाट रासायनिक मल आयात गर्ने बताएको छ।
जीटूजी प्रक्रियाबाट आगामी पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार यस आर्थिक वर्षमा एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिदको प्रक्रिया अघि बढाएको छ।
सम्झौता अघि बढाउन नेपाल सरकारका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडलाई दिइएको मन्त्रालयले जनाएको छ। त्यस्तै, सरकारले यअसघि समयावधिभित्र मल उपलब्ध नगराउने आपूर्तिकर्ताहरूको ठेक्का रद्ध गर्ने प्रकृया पनि अघि बढाएको छ।
मलको उपलब्धताको अवस्था यस्तो रहेको छः
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खरिद गरेकोमध्ये २० हजार मेट्रिक टन डीएपी मल प्राप्त भएको र २२ हजार मेट्रिक टन युरिया मल जेठ अन्तिमबाट प्राप्त हुने।
कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्येको ३० हजार मेट्रिक टन युरिया मल असारको दोस्रो हप्ताबाट प्राप्त हुने, २० हजार मेट्रिक टन डिएपी मल असार दोस्रो हप्ताबाट र असार अन्तिम हप्तादेखि डीएपी मल २० हजार मेट्रिक टन प्राप्त हुने।
त्यस्तै जीटूजी माध्यमबाट भारतबाट मल खरिद गर्ने अन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल असार मसान्तसम्ममा प्राप्त हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।