काठमाडौं– काठमाडौं महानगरपालिका–२४ स्थित रञ्जना गल्लीमा एक पुरुषको शव भेटिएको छ। बुधबार बिहान साढे ६ बजेतिर स्थानीयले शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरी वृत्त जनसेवा, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या नभएको देखिएको छ। ती व्यक्ति काठमाडौं–१२ का ३४ वर्षीय सुरेन महर्जन भएको खुलेको छ।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको परिसरका एसपी दिनेशराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।