काठमाडौं– दक्षिण कोरियाली फेस डिजाइनर ब्राण्ड योयोसोको काठमाडौंस्थित स्टोरबाट सामान चोरी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको गौशाला घर भइ चण्डोल बस्ने ५१ वर्षीय मुना सिंह छन्।
प्रहरीका अनुसार सिंहले योयोसाका विभिन्न स्टोरहरुमा प्रवेश गरी सामान किन्ने बहाना बनाएर सामान चोरी गर्ने गरेका थिए।
प्रहरीले उनको साथबाट चोरीका सामान बरामद गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।