• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मानव–वन्यजन्तु द्वन्द्वको विषय संसद्‌मा, सरकार भन्छ–नागरिकको जीवन रक्षाका लागि ठोस कार्यक्रम गर्न क्रियाशील छौं

64x64
बीपी अनमोल मंगलबार, जेठ २४, २०७९  २०:३८
1140x725

काठमाडौं– सोमबार बिहान बर्दियाको मधुवन नगरपालिका–२ सोनाहकी ४१ वर्षीया अस्मिता थारू खेतबारीमा काम गरिरहेका बेला बाघको आक्रमणमा परेर घाइते भइन्।

घटनापछि बाघ लगायत वन्यजन्तुबाट हुने आक्रमणलाई नियन्त्रण गरिनुपर्ने, तारजालीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै स्थानीयले आन्दोलन गरी हुलाकी राजमार्ग अवरुद्ध गराए। आन्दोलनले उग्ररूप लिएपछि भीडमा प्रहरीले गोली चलायो। प्रहरीको गोली लाग्दा स्थानीय महिला नविना थारुको मृत्यु भयो। 

उक्त घटनाले मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रवेश पाएको छ। बैठकमा बर्दियाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेकी सांसद बिमला विकले घटनाको छानबिन गर्न माग गरिन्। उनले प्रहरीले गोली चलाउनुपर्ने कारण नहुँदा नहुँदै पनि गोली चलाइएको आरोप लगाइन्। साथै नागरिकले वन्यजन्तुको आक्रमणबाट जीउज्यान रक्षाको माग गर्दा सरकारले गोली चलाएर मारेको उनको आरोप थियो। 

जवाफमा गृहमन्त्री बालकृष्ण खाणले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन भइसकेको र सत्यतथ्य आएमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए। उनले बर्दियाका प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नै नदिइ गोली चलेको प्रष्ट पारेका छन्।

बर्दिया मात्रै होइन नेपालमा रहेका राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रअन्तर्गत रहेका मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणमा परेर नागरिकले ज्यान गुमाइरहेका छन्। भने कति घाइते भएको अवस्था छ। अधिकांश ठाउँमा वन्यजन्तु पनि मारिने गरेको देखिन्छ। 

यतिमात्रै होइन, वन्यजन्तुले बालीनाली सखाप पारिदिनेदेखि लिएर मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको भौतिक संरचनामा पनि क्षति पुर्‍याउँदै आएका छन्। मंगलबारको बैठकमा पनि बोल्ने सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखे। 

एमाले सांसद बिमला बिक बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट मध्यवर्ती क्षेत्रका जनता आतंकित भएको बताउँछिन्। ‘दिनहुँजसो बाघको आक्रमणबाट मृत्यु र घाइते हुने क्रम बढेको छ। यहाँका नागरिक हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाइरहेका छन्,’ उनले सरकारलाई प्रश्न गर्दै भनिन्, ‘जनावर र नागरिकबीचको द्वन्द्व कहिलेसम्म राख्ने? सही व्यवस्थापन कहिले हुन्छ?’

उनले बर्दियामा वन्यजन्तु राख्नसक्ने क्षमता कति हो? त्यसका लागि विज्ञको टोली बनाएर अध्ययन गर्न माग राखिन्। एमालेकै सांसद शेरबहादुर तामाङले पनि वन्यजन्तुको संरक्षणका नाममा मान्छे मार्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे। उनले वन्यजन्तुको आक्रमणबाट जोगाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका नागरिकमाथि प्रहरीले गोली चलाएपछि यस्तो प्रश्न गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘वन्यजन्तुलाई संरक्षण गर्ने, मानिसलाई गोली ठोकेर मार्ने काम गर्नुभएन,’ उनले भने, ‘सरकारले प्रभावकारी काम गरोस्।’ लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले वन्यजन्तुको आक्रमणबाट नागरिकले ज्यान गुमाउनु परिरहेको भन्दै ठोस कदम चाल्न सरकारसँग माग गरे। 

‘पर्सामा ठोरी गाउँपालिका छ, त्यहाँ मानिस जंगलभित्र बसेका छन्। त्यहाँका मानिस रुन्छन्,’ उनले भने, ‘जनावरले आएर हामीलाई मारिदिए केही पनि हुँदैन हामीले जनावर मारिदिए जेल बस्नुपर्छ। यहाँ मानिसको मूल्य छैन।’

उनले सरकारले निकुञ्ज तथा आरक्षमा कति जनावर राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए। उनले त्यस्ता स्थानमा सरकारले तारबार लगाउनेलगायतका संरक्षणका विषयमा कुनै कार्यक्रम नगरेको बताए। 

जवाफमा गृहमन्त्री बालकृष्ण खाणले वन्यजन्तुबाट आम नागरिकलाई आक्रमण हुनबाट बचाउनका लागि सरकार गम्भीर रहेको बताए। ‘त्यसका लागि तत्कालै त्यस क्षेत्रमा तारबार लगाउने, सम्बन्धित मन्त्रालयले बजेट तत्काल व्यवस्थापन गर्नेछ,’ उनले भने, ‘वन्यजन्तुको पनि रक्षा गर्नुपरेको छ। नागरिकको पनि रक्षा गर्नुपरेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले निकुञ्ज तथा आरक्ष क्षेत्र आसपास बस्तीको अधिकाशं भाग वन्यजन्तुको मार्ग पनि पर्ने भएकाले समस्या हुने गरेको बताए। ‘हामीले निकुञ्ज र आरक्ष पनि बनाएका छौं। जिवजन्तुको रक्षा गर्ने भनेर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिबद्धता पनि गरेका छौं,’ उनले भने, ‘कतिपय निकुञ्जमा आवश्यकताभन्दा बढी वन्यजन्तु भएर आफ्नो क्षेत्रभन्दा बाहिर मानवबस्तीमा आएका हुन् कि यसतर्फ पनि हामी संवेदनशील हुनुपर्छ।’

उनले देशका विभिन्न भू–भागमा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको भन्दै सरकार घटना दाहोरिन नदिनका लागि गम्भीर भएको बताए। ‘आक्रमण कसरी रोक्ने, त्यसको कार्ययोजना ल्याएर नै नागरिकको जीवन रक्षाका लागि ठोस कार्यक्रम गर्नुपर्दछ,’उनले भने।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आर्थिक वर्ष ०७७/७८ को तथ्यांक हेर्दा वन्यजन्तुबाट देशभर ४० जनाको मृत्यु भएको छ। यो विभागले निकुञ्ज र आरक्षअन्तर्गत भएका घटनाको विवरण उल्लेख गरेको हो। राष्ट्रिय वन क्षेत्र लगायतका स्थानमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने गरेका छन्। 

विभागकै तथ्यांक अनुसार गत आर्थिक वर्षमा ६७ जना सख्त घाइते र ९८ जना सामान्य घाइते भएका थिए। ‘संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयिकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका कारण घटना हुने गर्दछन्,’ विभागको प्रतिवेदनमा भनिएको छ।
 
हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदर लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते बनाई मानवीय क्षति र वन्यजन्तुबाट बालीनाली, घर, गोठको क्षति हुने गरेको छ। 

विभागले पनि पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व एक गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गरेको छ। मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई पनि विभागले प्रमुख चुनौतीका रुपमा लिएको छ। 

प्रत्येक वर्ष निकुञ्ज तथा आरक्ष क्षेत्रअन्तर्गतका मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि विभागले सचेतनामुलक कार्यक्रमहरू गर्दै आइरहेको छ। 

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९(तेस्रो संशोधन, २०७५) अनुसार विभागले वन्यजन्तुबाट भएको मानवीय क्षति, पशुधन क्षति, अन्नबाली क्षति, घरगोठ लगायतको क्षतिमा राहत उपलब्ध गराउदै आएको छ। 

मृत्यु भएमा दशलाख, सख्त घाइते भएमा दुई लाख र सामान्य घाइतेलाई २० हजार रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ। अन्य क्षतिको हकमा पनि निर्देशिकामा उल्लेख भए अनुसार राहत उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
नेपालबाट बाहिरियो मनसुन जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो। बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्