काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुई महिला पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले काठमाडौं कालोपुल र नयाँबस्तीबाट दुई महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका–१७ कि ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ कि ३९ वर्षीया लिना श्रेष्ठ गिरी हुन्।
उनीहरूले खातामा पर्याप्त रकम नहुँदासमेत चेक काटेर दिएका थिए। सुब्बालाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना र गिरीलाई १५ दिन कैद र ५४ लाख ५० हजार जरिवाना सुनाएको थियो।
दुवैलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।